रौतहटमा फरार ११ प्रतिबादी पक्राउ
रौतहट । भन्सार छलीको सामान संगै ११ जना फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ।
जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका ११ जना प्रतिवादीलाई जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो।
त्यस्तै भन्सार छलेर ल्याएको बिभिन्न सामान प्रहरीले बरामद गरेको हो। पक्राउ पर्नेमा किर्ते मुद्दाका जमिला शेखिन, जमील अख्तर, शेख अजीज मियाँ दर्जी, ओली महमद, शेख हफिज रहेका छन्।
त्यस्तै कुटपिट मुद्दाका महेन्द्र महरा चमार, पुनकलिया देवी, मनिता कुमारी, निलम देवी, उषा देवी राम र वहुविवाह मुद्दाका आरोपी शेख नेपाली रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रामकुमार महतो द्वारा सूचनामा उल्लेख गरिएको छ।पक्राउ परेका सबै ११ जना लाई फैसला कार्वान्यनको लागि सोमवार जिल्ला अदालत गौरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
उता जिल्ला सदरमुकाम गौर स्थित बसपार्कमा प्रहरीले बिभिन्न सवारी चेकजाँचको क्रममा १ लाख ४ हजार बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। भारतीय बजारबाट अबैध रुपमा भित्र्याएको उक्त मूल्य बराबरको कपडा, कस्मेटिक लगायत किराना सामान बरामद गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

