बर्दिवासको हजारौ बर्ष पुरानो मानव सभ्यतालाई बनाईदैछ पुरातात्त्विक पर्यटन केन्द्र
महोत्तरी । बहुचर्चित पुरातात्त्विक हतियार कारखानालाई पर्यटनसगँ जोडने प्रक्रिया सुरु भएको छ । जर्मन अनुसन्धानकर्ता गुड्रन कर्विन्सले पत्ता लगाएको बर्दिवासमा रहेको मध्यपाषण युगको हतियार कारखानालाई पुरातात्त्विक पर्यटन केन्द्र बनाउने प्रक्रिया प्रारम्भ भएको हो ।
शनिवार पुरात्तत्व विभागवाट भास्कर ज्ञवालीको नेतृत्वमा आएको भुगर्भ टोलीले जिपिएसको माध्यमवाट हतियार कारखाना रहेका ठाउँहरु पहिचान गरे सगैँ ऐतिहासिक पर्यटन केन्द्र बनाउने वाटो खुल्ला भएको छ ।
काठमाण्डौ फर्किएपछी प्रारम्भिक चरणमा गर्नुपर्ने कामहरुको विषयमा नगरपालिकालाई पत्र पठाउने विभागले जनाएको छ ।
१० हजार देखि १२ हजार बर्ष पहिला मानिने उक्त पुरातात्त्विक हतियार कारखानाको आधारभूत काम गर्न संघिय र प्रदेश सरकारले झण्डै १ करोड भन्दा बढी बजेट समेत विनियोजन गरिसकेको छ ।
यस्को लागि बर्दिवास नगर पर्यटन वोर्डले काम गर्ने प्रक्रियामा अग्रसरता लिएको छ । नेपाल कै पुरातात्त्विक हिसावले महत्वपूर्ण ठाउँ मानिएको बर्दिवासको पाटु क्षेत्रमा तीनै तहका सरकारको ध्यानाकर्षण भएसगैँ स्थानियले खुसी व्यक्त गरेका छन ।
`अब भने बर्दिवासमा समृद्धि मुख्य आधार तयार हुँदैछ, हामी निक्कै उत्साहित छौ,` बर्दिवास-३ का रमेश खत्रीले भने, `लामो प्रतीक्षापछि एउटा सुनौलो गन्तव्य प्रारम्भ भएको छ ।´
जर्मन नागरिक गुड्रन कर्विन्सले लेखेको `प्रिहिज्टोरिक कल्चर्स इन नेपाल´ भन्ने कितावमा रातु नदी वरपरको मानव सभ्यता र मध्यपाषण युगमा मान्छेको चहलपहलको विषयमा प्रकाशन गरे पछिचर्चा सुरु भएको थियो ।
१९८५ को दशकमा कर्विन्सले १० बर्ष लगाएर पत्ता लगाएको प्राग ऐतिहासिक रहस्य सन २००७ मा उक्त कितावमा प्रकाशन भयो ।
कर्विन्सले गरेको उक्त अध्ययन वैज्ञानिक भएको भन्दै नेपालभरका ऐतिहासिक स्थलमध्ये बर्दिवास महत्वपूर्ण रहेको विभागका उपसचिव भास्कर ज्ञवालीले बताए ।
उनले पत्ता लगाएका ठाँउहरुमा ७ हजार बर्ष पहिलासम्म मानिसहरु बसोवास गर्ने गरेको भु-गर्भविदहरुले दावी गरेका छन । उक्त पुरातात्त्विक स्थलहरुमा मान्छेले तत्कालिन समयमा प्रयोग गर्ने पानीका डोविल्का समेत भेटिएका छन ।
यि ठाउँहरुका विषयमा थप खोजी गरे थप रहस्यहरु उजागर हुने उपसचिव ज्ञवालीले बिश्वास ब्यक्त गरे ।
पछिल्लो समय पाटुका यी ठाउँहरु उत्त्खनन र अतिक्रमणको चपेटामा परेको बताउदै यसलाई सरकारवाट नै संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने भुगर्भ तथा पुरातात्त्विकविदहरुले सुझाव दिएका छन ।
यो आर्थिक बर्षमा पुरातात्त्विक स्थलहरु पहिचान गरि नापी नै गर्नुपर्ने र उक्त क्षेत्रमा घेरावारा तत्काल लगाउनुपर्ने पुरातत्त्व विभागले जनाएको छ ।
नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले समेत यस ठाउँको संरक्षण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्वता व्यक्त गरेका छन ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
