लागुऔषध कारोबारी समात्न झापामा प्रहरीले चलायो गोली
जानकारी केन्द्र
२०८१, माघ, २२
काठमाडौं । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले झापामा गोली चलाएको छ। कनकाई नगरपालिका-४ तुलसीबारीमा मंगलबार साँझ प्रहरीले भारतीय नागरिकमाथि गोली चलाएको हो।
गोली लागेर भारतीय नागरिक अञ्जर आलम घाइते भएका छन्। उनको घुँडामा गोली लागेको झापाका प्रहरी उपरीक्षक मिलन केसीले बताए।
उनका भाइ युसुफ आलमलाई प्रहरीले पक्राउ गरेको छ। गोली लागेका अञ्जरलाई उपचारको लागि अस्पताल लगिएको छ।
‘लागुऔषध कारोबारी रहेको सूचनाका आधारमा प्रहरी जाँदा आक्रमण हुन खोजेपछि जवाफी कारबाही गर्दा गोली लागेको हो,’ केसीले भने।
यसक्रममा प्रहरीले आलमद्वयको साथबाट ३२ ग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरू भारतबाट ब्राउनसुगर बोकेर नेपाल आएका थिए।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
