ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ४० हजार ठगी गर्ने महिला पक्राउ
जानकारी केन्द्र
२०८१, माघ, ३०
काठमाडौं । वैदेशिक रोजगारीमा ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ बनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छिन्।
उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ। रकम लिएपछि सम्पर्कविहीन भएकी रोश्मीको खोजीका लागि पीडितले निवेदन दिएका थिए।
अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं बनस्थलीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

