Jankari Kendra
२९ आश्विन २०८३, बिहीबार

तीन दिनदेखि बेपत्ता डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, ३
तीन दिनदेखि बेपत्ता डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जोशी मृत फेला

धनगढी । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन्। अमरगढी नगरपालिका–२ भेल निवासी ५८ वर्षीय जोशी वडा नम्बर २ कै कुस्मालीमा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जोशी बिहिवार बिहानदेखि बेपत्ता भएका थिए। जोशीको खोजीका लागि डडेल्धुरा प्रहरीका विभिन्न युनिटसँगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको थियो। शनिवार दिउँसो जोशी मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनी डडेल्धुरा सदरमुकामबाटै सम्पर्कविहीन भएका थिए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Top Changing Nepal

युट्युब सट्स