आधा दर्जन बढी सहसचिव गृहको बरण्डामा, तीन जिल्ला सीडीओविहीन
काठमाडौं। नेतृत्व, सुरक्षा र समन्वयका हिसाबले जिल्ला कै महत्त्वपूर्ण पद मानिन्छ प्रमुख जिल्ला अधिकारी (सिडिओ)। तर, खोटाङ, ओखलढुङ्गा र मकवानपुर अहिले सिडिओविहीन अवस्थामा छन्।
खोटाङको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले अवकाश पाएको डेढ हप्ता हुन लागिसकेको छ। उनी फागुन २४ गतेदेखि नै सिडिओबाट अवकाशमा गइसकेका छन् । तर, गृह मन्त्रालयले अहिलेसम्म उक्त रिक्त स्थानमा सिडिओ पठाएको छैन् । आगलागीको चपेटामा पर्दा पनि खोटाङ जिल्ला सिडिओ विहीन बन्ने अवस्थामा पुगेको छ ।
कोशी प्रदेशकै अर्को जिल्ला ओखलढुङ्गा पनि सीडीओविहीन छ । ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले अवकाश पाएको डेढ महिना बढी भइसक्यो। ओखलढुङ्गा पनि अहिले सिडिओविहीन अवस्थामा छ।
खोटाङ र ओखलढुङ्गा मात्र होइन संघीय राजधानी काठमाडौं उपत्यकासँग जोडिएको मकवानपुर जिल्लाको अवस्था पनि त्यस्तै छ। बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्ला एक हप्तादेखि सिडिओबिहीन छ। मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको अर्थ मन्त्रालय अन्तर्गत सरुवा भएपछि उक्त जिल्ला पनि सिडिओ नभएको जिल्लामा परेको छ ।
गृह मन्त्रालयमा सहसचिव नै नभएर ती जिल्ला सिडिओबिहीन भएका हैनन्। गृहको बरण्डामा आधा दर्जन बढी सहसचिव हुँदा पनि ३ जिल्ला सिडिओबिहीन बनेका छन्।
खोटाङमा आईतबार आगलागी हुँदा समन्वय गर्ने र व्यवस्थापन गर्ने सिडिओ नै भएन। आगलागी र आन्दोलनको मौसम आउँदैछ। यस्तो अवस्थामा जिल्लाको सिडिओ जस्तो संवेदनशील पद निमित्तका भरमा छाड्नुले गृह मन्त्रालयको अकर्मण्यता देखिन्छ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

