• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ असार २०८३, सोमबार
१५ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
  • ११ घण्टा 

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
  • १२ घण्टा 

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण
  • १३ घण्टा 

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट
  • १४ घण्टा 

तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर
  • १४ घण्टा 

विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश
  • १८ घण्टा 

टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार
  • १९ घण्टा 

अक्षयकुमारको ‘वेलकम टु द जंगल’ले पाँच दिनमै कमायो १०० करोड
  • १९ घण्टा 

धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ३. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ९. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठी पुर्‍याएर दुई महिला बिक्री

जानकारी केन्द्र २०८१, फाल्गुन, २५

काठमाडौं । महिलालाई दार्जिलिङ घुम्न लैजाने भन्दै महाराष्ट्रको कोठीमा बेचबिखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का ३२ वर्षीय मानबहादुर तामाङ र सोही गाउँपालिका-६ का २४ वर्षीय सोमबहादुर तामाङ रहेका छन्।

मानव बेचबिखन ब्युरोको टोलीले काठमाडौं तारकेश्वर नगरपालिकामा बस्दै आएका मानबहादुरलाई मनमैजुबाट फागुन २१ गते र २३ गते तारकेश्वरबाटै सोमबहादुरलाई पक्राउ गरेको हो। दुबै जनालाई पक्राउपछि आइतबार पत्रकार सम्मेलन गरी ब्युरोले सार्वजनिक गरेको छ।

पत्रकार सम्मेलनमा ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले तामाङद्वयले गत मंसिर १८ गते ललितपुर गोदावरी नगरपालिका-१२ चापागाउँ ठेचोबाट दुई जना महिलालाई दार्जिलिङ घुम्न जाने बहानामा लिएर हिँडेका थिए।

कुँवरका अनुसार उनीहरूले ललितपुरबाट महिलालाई सुरूमा कोटेश्वर ल्याए। कोटेश्वरबाट झापा काँकडभिट्टाको बाटो हुँदै दार्जिलिङ पुर्‍याए। ‘त्यहाँबाट कलकत्ता, दिल्ली हुँदै महाराष्ट्र पुर्‍याएको अनुसन्धानमा खुलेको छ,’ कुँवरले भने।

त्यसपछि उनीहरूले महिलालाई महाराष्ट्रको पुनेस्थित न्यू विल्डिङ (फुड प्लाजा) बुधबारे पेठको रेडलाइट एरियामा पुर्‍याएका थिए। ‘उक्त रेडलाइट एरियाको कोठीमा पुर्‍याएर उनीहरूले महिलालाई व्यावसायिक रूपमा बेश्यावृत्तिमा लगाएका थिए, ती महिलालाई गत माघ १५ गते उद्धार गरी नेपाल ल्याइएको थियो,’ कुँवरले पत्रकार सम्मेलनमा भने।

उद्धारपछि नेपाल आएर ती महिलाले प्रहरीमा निवेदन दिएका थिए। अनुसन्धान अनुसार दुबै महिलालाई निरिमाया घलानको नाममा नक्कली नागरिकता परिचय पत्र बनाएर काँकडभिट्टा पुर्‍याइयो। ‘बोर्डर पार गर्ने बेलामा कसैले सोधे यो कार्ड देखाउनु भनेर महिलालाई भारत लगिएको थियो,’ कुँवरले भने।

दार्जिलिङ, कलकत्ता र दिल्ली हुँदै महाराष्ट्रको पुनेमा लगेपछि महिलालाई कोठीमा पुर्‍याइएको अनुसन्धानबाट खुलेको कुँवर बताउँछन्। कोठीमा पुर्‍याएपछि उनीहरूले महिलालाई १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए। कोठीमा बिक्री भएपछि ती महिलालाई जबरजस्ती बेश्यावृत्तिमा लगाइएको थियो।

ती महिलाले सँगै कोठीमा काम गर्ने महिलाको सहयोगमा नेपालमा आफ्ना श्रीमानलाई फोन गरे। त्यसपछि उद्धारको याचना गर्दै श्रीमानहरू ब्युरोमा निवेदन दिन पुगेका थिए। ब्युरोले भारतीय प्रहरीसँग समन्वय गरी ती महिलालाई उद्धारको पहल गरेको थियो। ती महिला भारतीय प्रहरीलाई बसको टिकट काट्न लगाएर सुगौलीसम्म आएर नेपाल छिरेका थिए।

मानबहादुर तामाङ यसअघि पनि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पक्राउ परी जेलबाट छुटेका थिए। उनलाई सुरू अदालतले १० वर्ष कैद सजाय तोकेको थियो। उच्च अदालतले सजाय घटाएर पाँच वर्ष तोकेपछि मानबहादुर कैदमुक्त भई पुन: मानव बेचबिखनजन्य कार्यमा संलग्न भएको पाइएको छ।

कुँवरका अनुसार त्यो अपराधमा संलग्न अर्का प्रतिवादी सञ्चबहादुर तामाङ डाँका तथा चोरी मुद्दामा हाल नख्खु कारागारमा रहेका छन्। अहिले पक्राउ परेका दुबै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अदालतबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको कुँवरले बताए।

ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म मानव बेचबिखनका ३१ मुद्दा दर्ता भएको र त्यसमा २० जना महिला र ६३ जना पुरुष पक्राउ परेको जानकारी दिए।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर
ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम
एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

ताजा

सर्वोच्चको फैसला ट्रक व्यवसायीको पक्षमा, रुट इजाजतमा दोहोरो व्यवस्था बदर

ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

एलजीले सार्वजनिक गर्‍यो नेपाली उपभोक्ताका लागि ‘इसेनसियल सिरिज’ घरेलु उपकरण

नेप्से परिसूचकमा २४.६३ अंकको गिरावट

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.