नक्कलि बुवा बनि भारतीयलाई नेपाली नागरीकता दिलाउने पक्राउ
सिरहा । सिरहामा नक्कली बुवा बनी भारतीय नागरीकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका- ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएकाे हाे ।
वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मिँयालाई नियन्त्रणमा लिए पनि विभिन्न राजनितिक दवावका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानियहरुको आरोप छ। नेपालमा सानालाई ऐन ठुलालाई चैन भनेझै यो घटनाक्रमले देखाएको स्थानियहरुको भनाई छ।
भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढवर्ष पहिले नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, प्रशासन कार्यालयले कुनै चासो देखाएनन्। आर्थिक प्रभाव र राजनितिक दवावका कारण कार्यवाहीको प्रकृया रोकिएको थियो।
न्युज कारखाना लगायत विभिन्न मिडियामा समाचारहरु सम्प्रेषण भएपछि सिराहा क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले समेत सदनमै अवाज उठाएका थिए। सदनमा अवाज उठेपछि कार्यवाहीको प्रकृया अगाडी बढाईएको स्रोतको दावी छ।
सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउँने प्रहरीले जनाएको छ।
नरहा गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरीकसँग दुईलाख भारतीय रुपैया लिएर नागरिकताको सिफारिस गरेको विषयमा न्युज कारखानाले फागुन १२ गते पहिलाे पटक समाचार सम्प्रेषण गरेको थियो।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

