अढाइ करोडबढीको भ्रष्टाचार मुद्दामा फरार विद्युत प्राधिकरणका कर्मचारी पक्राउ
जानकारी केन्द्र
२०८१, चैत्र, १०
काठमाडौं । भ्रष्टाचार मुद्दामा फरार रहेका नेपाल विद्युत प्राधिकरणका कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ६५ वर्षीय ध्रुवकुमार उप्रेती रहेका छन्।
उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताए।
प्राधिकरणका सहायक प्रवन्धक उप्रेतीलाई सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो। उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैदको फैसला अदालतले गरेको थियो।
फैसलापछि फरार रहेका उनलाई खोजीको सिलसिलामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पेश गरिएको छ।
अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

