एसईई परीक्षार्थीबाट रौतहटमा हालसम्म १७०६ मोबाईल बरामद, ६ निरिक्षक माथी मुद्दा
रौतहट । रौतहटस्थित जारी माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोर्न प्रयोग गरिएको ४७३ थान मोबाईल अनुगमन समितिले नियन्त्रणमा लिएको छ। मंगलवार विहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरुले शरीरमा लुकाई छिपाई परीक्षा हलभित्र लागेको ४७३ थान मोबाईल चेकजाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।
हालसम्म परीक्षार्थीले चिट चोराउने उद्देश्यले लागेको १७०६ थान मोबाईल बरामद गर्नुका साथै परीक्षाको मर्यादा बिपरित गरेका ६ जना निरीक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्।
निरीक्षकहरु माथी परिक्षाको मर्यादा उल्लघन समबन्धि कसुरमा मुद्दा दायर गरिएको एसपी घिमिरेले बताएका छन्। बरामद सबै मोबाइल प्रहरीको नियन्त्रणमा रहेको तथा मोबाईल सम्बन्धी पछि निर्णय हुने उनले जानकारी दिएका छन्। बिगतमा ‘न्याय नपाए गोर्खा जानु एसएलसी परीक्षा पास गर्नुभए रौतहट जानु’ भनेर सिङ्गो जिल्ला बदनाम भएको थियो।
एसएलसीबाट एसईईमा परिणत भएपछी पछिल्लो बदनामी प्रायः हटेको थियो। तर गत वर्ष देखि एसईई परीक्षामा पनी पुरानै ढाँचा देखिएको छ। यहाँ केही शिक्षक तथा सहयोगीहरु हवाटसअप ग्रुप बनाएर परीक्षामा चिट चोराउने गरेको कारण जिल्लामा परीक्षार्थीहरुले मोबाईलको प्रयोग गरिरहेका छन्। गत वर्ष एसईई परीक्षामा प्रहरी तथा अनुगमन टोलीले झण्डै २ हजार मोबाईल बरामद गरेको थियो।
परीक्षा सम्पन्न भएको करिब १ हप्ता पछि बरामद उक्त मोबाईलहरु नजिकको प्रहरी यूनिटमार्फत सम्बन्धित विद्यार्थीलाई फिर्ता गरेको थियो। गत वर्ष चिट चोराउने उद्देश्यले परीक्षा हल भित्र लागिएको मोबाईल सेट प्रहरीले सहजरुपमा विधार्थीलाई फिर्ता गरेकै कारण यस पटक मोबाईलको प्रयोग बढेको स्वयं शिक्षकहरूको भनाई रहेको छ।
अर्को तर्फ विषयगत शिक्षक नभएकै कारण बाध्यतावस विद्यार्थीले चिट चोराउने गरेको कतिपय शिक्षकहरूको भनाई रहेको छ। तथापी राज्यले मर्यादित परीक्षा सञ्चालन गराउनुका साथै बिषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
