३० हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ
जानकारी केन्द्र
२०८१, चैत्र, १४
भैरहवा । रुपन्देहीको मर्चवार क्षेत्रबाट घुस सहित सई पक्राउ परेका छन । प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) का प्रमुख प्रहरी नायब निरीक्षक (सई)खिम बहादुर खड्कालाई ३० हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।
मायादेवी गाउँपालिका वडा नं.६ मकरीमाबाट नियन्त्रण लिई उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
जिल्लामा पछिल्लो समय तस्करी बढेसँगै तस्कर र सुरक्षा निकायको समन्धलाई यो घटना झस्काएको छ ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

