प्रहरीद्धारा २०० किलो भारतीय कुखुरा नष्ट
जानकारी केन्द्र
२०८१, चैत्र, २७
रौतहट । रौतहटस्थित प्रहरीको गस्ती टोलीले २०० किलो भारतीय कुखुरा बरामद गरी नष्ट गरेको छ। ईलाका प्रहरी कार्यालय देवाही गोनाहिबाट गएको गस्ती टोलीले बुधवार साँझ बौधिमाई नगरपालिका २ ईनरवा स्थित विआर ३० जे १९८७ नम्बरको मोटरसाईकलमा लुकाई छिपाई भारतबाट ल्याउँदै गरेको २०० किलो कुखरा बरामद गरेको थियो।
बरामद कुखुरा देवाही गोनाही स्थित प्रहरीको हाताभित्र खाल्डोमा पुरेर स्थानीय भद्रभलादमी सञ्चारकर्मीको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। भारतीय कुखुरा ल्याउने मोटरसाईकल चालक फरार भएको प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
