ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ
रौतहट । बारा प्रहरीलाई ब्राउनसुगर तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ। ट्याक्टरको तेल ट्यांकीभित्र राखेर तस्करी गरिँदै गरिएको ठूलो परिमाणको ब्राउनसुगरसहित बारा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर इनरवा पञ्चायत वडा नम्बर २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र सोही ठाउँका ३२ वर्षीय टुटु अन्सारी रहेका छन्।
विशेष सूचनाको आधारमा २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका-३ चौताराबाट उनीहरूलाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए।
तामाङका अनुसार उनीहरू भारत बिहार घोडासाहनबाट ना३त ४७१४ नम्बरको ट्याक्टरमा आउँदै थिए।
चेकजाँचको क्रममा तेलको ट्याङ्कीभित्र पलाष्टिकमा बेरेर ल्याइरहेको ब्राउनसुगर १५८ ग्राम ९१० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।
बरामद लागुऔषध ब्राउनसुगर, ट्याक्टरसहित दुवै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाइको छ।
एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि बारा प्रहरीले लागुऔषध नियन्त्रण तथा तस्करी नियन्त्रण अभियान सञ्चालन गरेको छ।
अभियान अन्तर्गत प्रहरी ठूलो परिमाणमा लागुऔषध, भन्सार छलीको सामान बरामद गर्नुका साथै दर्जनौं कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको तामाङले बताए।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
