Jankari Kendra
१० भाद्र २०८३, बुधबार
Worldlink

लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २९
लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखा गौरीशंकर गाउँपालिका–८ घर भएका ६९ वर्षीय यक्षध्वज कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत काठमाडौंको २०७९ असार २८ गतेको फैसलाले उक्त मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

Top Changing Nepal

युट्युब सट्स