अटोमेटिक पेस्तोल र लागुऔषध सहित भारतीय नागरिक पक्राउ
रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले अटोमेटिक पेस्तोल र लागुऔषध सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार सितामढी जिल्ला बैरगनिया थाना क्षेत्र अन्तर्गत ग्राम पंचायत नन्दबारा गाउँ घर भएका २३ वर्षिय किशन कुमार रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी सन्तोष कुमार बस्नेतले बताएका छन्।
गएराती साढे ९ बजे राजदेवी नगरपालिका ८ लक्ष्मीपुर बेलबिछवा नाका स्थित जैसवाल मदिरा पसल अगाडी मदिरा सेवन गरी एक आपसमा झैझगडा भईरहेको सूचनाको आधारमा प्रस्तावित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म गौरका प्रमुख डीएसपी दिनेश बस्नेतको कमान्डमा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट लक्ष्मीपुरसहितबाट गएको गस्ती टोलीले भारतीय नागरिक किशन कुमार लाई पक्राउ गरेको हो ।
उनको साथबाट गोली म्याग्जिन नभएको अटोमेटिक पेस्टोल १ थान र प्रतिबन्धित लागुऔषध कोरेक्स सिरप ३ थान, नाईट्रोभेट ५ ट्याब्लेट, मोबाईल १ थान, हातको बाला २ थान बरामद भएको एसपी बस्नेतले जानकारी दिएका छन्।
बरामद पेस्तोल र लागुऔषध अन्य सामान सहित पक्राउ परेका किशन कुमार लाई आवश्यक कारवाहीको लागि गएराती १ बजे जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाईएको सशस्त्र प्रहरी नम्बर ११ हेक्वा रौतहटले जनाएको छ। भारतीय नागरिकले उक्त पेस्तोलको गोली सहित म्याग्जिन राती अंध्यारोमा कतै फालेको हुनसक्ने अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
