• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

रवि लामिछाने आजै कारागार फर्किने

२०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ७. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ८. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ९. २०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • १०. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

ऐतिहासिक सलहेश फूलवारीमा प्रेमको प्रतीक फूल हेर्न नेपाल–भारतका भक्तजनको भीड

सिरहा । सिरहामा प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फुल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिका स्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठुलो भिड लागेको छ।

पूर्व पश्चिम राजमार्गसँगै जोडिएको लहान नगरपालिका १२ र २२ नम्वर वडामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थल सलहेश फूलवारीमा आजकै दिन मात्र फुल्ने फुल दर्शन गर्न आउने दर्शनार्थीहरुको भिड लागेका हुन्।

राजा सलहेसको ऐतिहासिक गाथा बोकेको सलहेश फूलबारीमा रहेको हारम जातको रुखमा फूल्ने फूल हेर्न नेपाल तथा भारतबाट लाखौको संख्यामा प्रत्येक वर्षझैं यस वर्षपनि दर्शनार्थीहरु बिहानैदेखि भिडलाग्न थालेको स्थानिय हरिभक्त  चौधरीले जानकारी बताए।

सलेहश गाथामा उल्लेख गरिएअनुसार सिरहाको महिसोथामा जन्मिएका लोक नायक सलहेश फूल टिप्ने र प्रणयस्थलको रुपमा यो फूलबारी रहेको मानिन्छ।

आफ्नो क्षेत्रमा लोक नायकको रुपमा पुजिने राजा सलहेश र प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा लिइने सुनाखरी फूलको माला हेर्न मानिसहरुको भिड लाग्ने गरेको मन्दिरका पूजारी जितेन्द्र सिंह धामी जानकारी दिए।

उनका अनुसार तेह्रौं शताब्दीका लोकनायक सलहेश र विराट राजाकी छोरी मालिनीबीच प्रगाढ प्रेम सम्बन्ध रहेको तर सलहेसले कारणवस अरु नै स्त्रिसंग विवाह गरेपनि उनीहरु विचको प्रेममा कुनै कमी नआएको भन्ने लोकोक्ती रहेको छ। सोही प्रेमको प्रतिकको रुपमा बैशाख १ मात्रै सुनाखरीको फूल फुल्ने जनविश्वास रहेको छ।

सलहेश तराईका पासवान जातीको इष्टदेव रहेको र तेह्रौ शताब्दीका लोक नायक भएकोले सलहेशको पूजाअर्चना गर्नाले मनोकाक्षां, सन्तान प्राप्ति, चर्म रोग, कुष्ट रोग लगायतका रोग ब्याधि हरण हुने जन विश्वास समेत रहेको छ। फूलबारी भित्र दुर्लभ जातीका जडीबुटीहरु समेत रहेको बताइन्छ।

प्रत्येक वर्ष बैशाख १ गते एक जोडी माला आकारमा फूल्ने फूल राजा सलहेश र उहाँकी पे्रमिका मालिनीको पे्रम प्रतिकका रुपमा फूल्नेगरेको जनविश्वास छ। ती माला र मेला हेर्न सिरहा, सप्तरी, उदयपुर, सिन्धुली, धनुषा, महोत्तरी, सर्लाही तथा भारतका निकटवर्ती गाउँहरुबाट सर्वसाधारणहरुको घुँइचो लागेका छन्।

पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरु मध्ये सिरहाको सलहेश फुलवारी अन्य दिन पर्यटकहरु पुग्ने गरेपनि आज नयाँ वर्षको दिन  विशेष पूजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको ठूलो भिड लाग्ने गरेको छ।

हरेक वर्षको चैत मसान्त र वैशाख संक्रान्तिका बेला दुई दिन मात्र फुलेर मालाको आकार ग्रहण गर्ने सलहेशको सुगन्धका लागि निकै मानिस भेला हुन्छन् र ठूलो मेला पौराणिककालदेखि लाग्दै आईरहेको छ।

सलहेश फूलवारी मेला व्यवस्थित गर्न यस वर्ष फूलबारी क्षेत्रमित्र सामानहरु बेच्न प्रतिवन्ध लगाएको छ। दर्शनार्थीहरुको सहजताको लागि फूलबारी क्षेत्रभन्दा बाहिरमा सवैलाई सहज हुनेगरी सामान विक्रिका स्टलहरु निर्माण गर्न दिईएको मेला समितिले जनाएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    रवि लामिछाने आजै कारागार फर्किने
    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    रवि लामिछाने आजै कारागार फर्किने

    २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • रवि लामिछाने आजै कारागार फर्किने
    • २०८२ साल भाद्र २८ गतेदेखि असोज ०३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • काठमाडौं महानगरपालिकाको निर्णय : शिक्षकहरू भोलि विद्यालय हाजिर हुने, पर्सिबाट पटनपाठन सुरु
    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.