‘ब्ल्याक डायमन्ड एप्पल’ अर्थात विश्वकाे सबैभन्दा महंगाे स्याउँ, जाे फल्छ तिब्बतमा
काठमाडौं । स्याउ स्वास्थ्यका लागि निकै राम्रो फल मानिन्छ । डाक्टरहरूले यसलाई खान सल्लाह दिन्छन्। यो फल हरेक रोगको लागि उपयुक्त मानिन्छ। ‘दिनमा एउटा स्याउ खाएमा डाक्टरकहाँ जानु पर्दैन्’ भन्ने भनाइ पनि रहेको छ ।
खासमा स्याउको ७५ सय भन्दा बढी प्रजातिहरु विश्वभरीमा रहेका छन । तर, यसमा एउटा स्याउ यस्तो पनि छ, जुन उत्तरी छिमेकी देशमा उब्जनी र सबैभन्दा महँगोमा बिक्री हुने गरेको छ, त्यो स्याउँ प्रतिकिलो ६ हजारदेखि ८ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
यसको मतलव, एउटा टुक्राको मूल्य १५ सय रुपैयाँसम्म पर्न जान्छ । आखिर यसको के विशेषताले यति महँगो बनाएको छ ? जबकी यसको रंग पनि रातो छैन। उसो भए जानौं ।
यो स्याउ ‘ब्ल्याक डायमन्ड एप्पल’ को रूपमा चिनिन्छ। तिब्बत र भुटानको पहाडी क्षेत्रमा खासमा यसको खेती गरिन्छ। यसलाई ‘हुआ निउ’ पनि भनिन्छ। यसको रंग कालो र बैजनी पनि छ। त्यसैले यसलाई ‘कालो हीरा’ भनिन्छ। यो स्याउ मुख्यतया चीनको तिब्बती पठारको निङ्ची क्षेत्रमा उत्पादन गरिने गरिन्छ।
‘ब्ल्याक डायमन्ड एप्पल’ को मूल्य करिब १२०० देखि रु २५०० सम्म हुन्छ, जुन सामान्य स्याउको तुलनामा धेरै बढी हो । नेपालको उत्कृष्ट स्याउ पनि प्रतिकिलो ५०० रुपैयाँ भन्दा बढी पर्दैन तर यो १५ गुणा महँगो छ। विशेष उपहार प्याकिङमा यसलाई प्रति स्याउ रु ३२,०० देखि ८००० सम्ममा बिक्री गर्न सकिन्छ।
यो महँगो हुनुको मुख्य कारण यसको दुर्लभता, सीमित उत्पादन र यसलाई बढाउन लाग्ने लामो समय अर्थात लगभग ८ वर्ष हो। यो स्याउ चिसो र पहाडी क्षेत्रमा मात्र फल्छ। उत्पादन धेरै कम छ, जसका कारण यसको मूल्य बढेको हो । सामान्य स्याउको रूखले ४–५ वर्षमा नै फल दिन थाल्छ तर यो १० बर्ष पछि मात्रै उत्पादन दिन थाल्छ ।
‘ब्ल्याक डायमन्ड एप्पल’ को स्वाद मीठो, नरम र क्रिस्पी हुन्छ। यसलाई मीठो र अमिलो स्वादको अनुपम अनुभव मानिन्छ, जुन प्राकृतिक ग्लुकोजले भरिपूर्ण हुन्छ, जसले यसलाई असाधारण मिठो बनाउँछ। यसको बाक्लो छालाले यसलाई चम्किलो र नरम बनाउँछ। तर, यसको भित्री भाग भने सेतो हुन्छ। स्वाद धेरै स्वादिष्ट र स्फूर्तिदायी छ। त्यसैले यो मीठो र रसदार लाग्छ।
‘ब्ल्याक डायमन्ड एप्पल’ को गाढा बैजनी छाला एन्थोसायनिनमा भरपूर हुन्छ, एक प्रकारको एन्टिअक्सिडेन्ट। एन्टिअक्सिडेन्टहरू सूजन कम गर्न, प्रतिरक्षा प्रणालीलाई बढाउन, हृदय रोग र क्यान्सर जस्ता दीर्घकालीन रोगहरूको जोखिम कम गर्न सघाउँ पुग्छ ।
यसको स्वादमा मीठो र अमिलोको सन्तुलनले यसलाई सामान्य रातो वा हरियो स्याउभन्दा फरक बनाउँछ भन्न सकिन्छ। तिब्बतको उच्च पहाडमा हुर्कने भएकाले यो पराबैंगनी किरणले बढी प्रभावित हुन्छ, जसले यसको रंग र स्वादलाई बेग्लै बनाउँछ। जब सूर्यको पराबैंगनी किरणहरू सीधै यस फलमा पर्छन्, रङ कालो वा बैजनी हुन गएका हुन् ।
‘ब्ल्याक डायमन्ड एप्पल’ लाई प्रकृतिको साँचो चमत्कार पनि भनिन्छ, आश्चर्यजनक सौन्दर्य, अद्वितीय स्वाद र प्रभावशाली स्वास्थ्य लाभहरूको साथ। यद्यपि यो फल दुर्लभ र विशेष छ। यसको लोकप्रियता भने दिन प्रतिदिन बढ्दै गएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
