किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
सिरहा । सिरहाका एकजना पुर्व वडा अध्यक्षलाई किर्ते जालसाजी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जिल्लाको नवराजपुर गाउँपालिका वडा २ का पूर्व वडा अध्यक्ष खुशीलाल साहलाई किर्ते जालसाजी मुद्दामा पक्राउ गरेको हो।
सोमवार बिहान साहलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे हाे । प्रहरीका अनुसार साहमाथि किर्ते जालसाजीको पुरानो मुद्दा रहेको र त्यससम्बन्धी अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएकाे हाे ।
२०८० माघ १९ गते नवराजपुर–२ को पुर्व वडा अध्यक्ष समेत रहेका खुशीलाल साहले वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादबको नक्कली हस्ताक्षर र वडा कार्यालयको छाप समेत किर्ते गरेको मालपोत सम्बन्धी बनाईएको चार किल्ला कागजातमा प्रष्ट देखिएकाे छ । साह स्थानिय तहको पहिलो २०७४ को निवार्चनमा नेपाली काङग्रेसबाट नवराजपुर गाँउपालिका वडा नम्बर २ मा निवार्चित भएका थिए। साहले स्थानिय तहको दोस्रो निवार्चनमा पार्टीले टिकट नदिए पछि नेकपा एमाले प्रवेश गरी गाँपा अध्यक्षमा लडेका थिए। एमालेबाट गाँपा अध्यक्षमा लडेका उनी पराजित भएपछि पुनः नेपाली काङग्रेसमै फर्किएका थिए ।
पुर्व वडा अध्यक्ष साहले वडाको पुरानै लेटरहेड प्रयोग गरी हस्ताक्षर र वडा कार्यालयको सरकारी छाप समेत किर्ते गरी उनको आफनै आमा कुलमतिया देवीलाई चारकिल्लाको सिफारिस गरिएको पाइएपछि घटना बाहिरिएको हो। पुर्व वडाअध्यक्ष साहले मालपोत कार्यालयमा किर्ते गरी कागजात पेश गरी जग्गा आफ्नो नाममा दर्ता गराएको खुलेकाे हाे ।
सरकारी कागजातमा ठगी, कागज किर्ते र आपराधिक मनसायले झुटो विवरण पेश गरी जग्गा आफनो नाममा नामसारी गराएको जानकारी आएपछि आफले २०८०/११/१३ गते ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीमा सरकारी कागजात किर्ते र ठगी गरेको प्रमाण सहित आवश्यक कार्यवाहीको लागी वडाबाट निवेदन दिएको वडा अध्यक्ष सुरेश कुमार यादवले जनाएको छ।
‘साहले पहिला कै लेटरहेड् प्रयोग गरी मेरो हस्ताक्षर र कार्यालयको सरकारी छाप समेत किर्ते गरेको जानकारी पाए पछि आफुले सबैतिर कार्यवाहीको लागी निवेदन दिएको छु,’ उनले भने, ‘यो मान्छे नै जालसाजी छ, उनीमाथी अहिले पनि थानामा ७ वटा भन्दा बढी मुद्दाहरु छ। गल्ती गर्ने मान्छेलाई कानुनले छोड्दैन। म ढुक्क छु ; काुननले अवश्य न्याय दिने छ।’
साहले सरकारी कागजातमा किर्ते गरेको आरोपमा उजुरी परे पछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डिएसपी) विरेन्द्र पासवानले बताए। उनले भने, ‘पुर्व वडाअध्यक्ष साह उपर निवेदन आएपछि अनुसन्धान थालिएको छ ।’ अनुसन्धानको क्रममा प्राप्त प्रमाण र प्रयोगशालाको प्रतिवेदनका आधारमा साहलाई आज प्रहरीले नियन्त्रणमा लिएको जनाए। साहमाथी थप अनुसन्धान भईरहेको प्रवक्ता पासवानले जनाए ।


सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
