बारामा १० लाख ८० हजार बराबरको चाँदीको गहना बरामद
बारा । बारा स्थित प्रहरीले १० लाख ८० हजार मूल्य बराबरको ६ किलो अबैध चाँदीको बिभिन्न किसिमका गहना बरामद गरेको छ।
प्रहरी चौकी पथलैया बाराबाट असई अमृत मैनालीको कमाण्डमा खटिएको प्रहरी टोलिले मंगलवार साँझ जीतपुर सिमरा उप महानगरपालिका १ पथलैया चोक स्थितमा वीरगंजबाट तुलसिपुर दाङ जादै गरेको बा.प्र.३२५६ नम्बरको यात्रु बाहक बसलाई रोकी चेक जाँच उक्त गहना बरामद भएको हो।
बसको क्याभिन भित्र सिट मुनि वेवारिसे अवस्थामा टेपले बेरी राखिएको कार्टुन शंकास्पद लागी खोली हेर्दा उक्त कार्टुन भित्र लुकाई छिपाई राखिएको चाँदीको रेडिमेट गहना वरामद गरी आवश्यक कानुनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले बताएका छन्।
बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा प्रहरीद्वारा सञ्चालित तस्करी नियन्त्रण अभियान निकै प्रभावकारी देखिएको स्थानीयहरूले बताएका छन् ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
