वीरगञ्जमा राति १० बजेपछि डिजे बजाउन रोक, पटाका पनि प्रतिबन्धित
वीरगञ्ज । पर्सा जिल्ला प्रशासनले ध्वनि प्रदूषण नियन्त्रणका लागि राति १० बजेपछि डिजे लगायतका उच्च ध्वनि उत्पादन गर्ने उपकरणहरूको प्रयोगमा रोक लगाएको छ । यो निर्णय नागरिकको स्वास्थ्य, शान्ति तथा दैनिकी प्रभावित हुने अवस्था न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालको अध्यक्षतामा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विवाह, व्रतबन्ध तथा अन्य धार्मिक सांस्कृतिक कार्यक्रममा प्रयोग हुने डिजे, लाउडस्पीकर, पटाका लगायतका उपकरणलाई नियमन गर्ने निर्णय गरेको हो ।
“सांस्कृतिक कार्यक्रमहरूमा गरिने आतिसबाजी र पटाकाको प्रयोगलाई पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ,” सीडीओ अर्यालले भने, “यस्ता गतिविधिबाट सिर्जना हुने ध्वनि प्रदूषणले सर्वसाधारणको स्वास्थ्यमा असर पार्ने, बालबालिकाको अध्ययनमा बाधा पुग्ने र समग्र शान्ति सुरक्षामा असर पर्ने भएकाले कडाइका साथ कार्यान्वयनमा ल्याइनेछ ।”
प्रशासनले सीमावर्ती क्षेत्रबाट हुने डिजे, पटाका तथा ध्वनि प्रवर्धक उपकरणहरूको अवैध प्रवेशलाई पनि नियन्त्रण गर्न निगरानी बढाउने जनाएको छ । निर्णय विपरीत कार्य गर्ने वा गराउने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याइने चेतावनी पनि दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिक, धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजकहरूलाई निर्णयको सम्मान गर्न र सहयोग पुर्याउन आग्रह गरेको छ ।
सम्बन्धित समाचार
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

