मेडिकलबाटै लागुऔषधको कारोबार सञ्चालक जितेन्द्र पक्राउ
रौतहट । पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले न्युज कारखानालाई बताएका छन्।
आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागुऔषधको कारोवार गर्दै आएका थिए। साहले औषधी ब्यवसायको नाममा लुकिछिपी लागुऔषधको कारोबार गर्दै आएको सूचनाको आधारमा हामीले रेकी गर्दै आएको र आज छापा मारको डिएसपी राईले बताएका छन्।
आईतवार ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापामारी गरेको हो। छापामारीको क्रममा उक्त मेडिकलबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोलका ४ हजार ५ सय क्याप्सुल बरामद गरिएको डिएसपि राईले जानकारी दिएका छन्।
आरोपी जितेन्द्र साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित नशालु ट्याब्लेट क्याप्सुल ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए। पछी आफ्नो सुबिधा अनुसार बागमती, चन्द्रनिगाहपुर क्षेत्रका युवाहरूलाई महंगो मूल्यमा बिक्रि गर्नुका साथै राजधानी काठमाडौं सम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको डिएसपी राईले जानकारी दिए ।
चन्द्रपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण मेडिकल सञ्चालक लाई बोलाएर छलफल गरी लागुऔषध कारोवार नगर्न तथा नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको थियो। अनुरोध पछि बिगतमा त्यस्ता कारोवार गर्नेहरुले अहिले छोडेका छन्। तर कतै दर्तानै नभएका केही औषधी पसलेले प्रतिबन्धित लागुऔषध बिक्रि गरिरहेको गुनासोको आधारमा निज जितेन्द्र साहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको तथा अन्यको निगरानी भईरहेको डिएसपी राईले बताए।
आरोपी जितेन्द्र माथी लागुऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
