एक्सपेङले २०२५ को सांघाई अटो शोमा गर्यो ह्युमनोइड रोबोट ‘आइरन’ अनावरण
काठमाडौं । एक्सपेङले २०२५ को सांघाई अटो शोमा आइरन नामक आफ्नो पछिल्लो ह्युमनोइड रोबोट प्रस्तुत गरेको छ। गत नोभेम्बरमा पहिलो पटक प्रस्तुत गरिएको आइरन हाल एक्सपेंगका कारखानाहरूमा प्रयोग भइरहेको छ, जहाँ यसले विद्युतीय सवारी निर्माणमा सहयोग पुर्याइरहेको छ ।
५ फिट ८ इन्च अग्लो र ७० किलोग्राम तौल भएको आइरन ह्युमनाइड रोबोट हेर्दा मानिस जस्तै देखिने गरी बनाइएको छ । यसका हात १ः१ को स्केलमा बनाइएका छन् भने २२ डिग्री फ्रिडमका साथ उपलब्ध छन् । यसबाट कुनै पनि वस्तु चलाउन सहज हुने गरेको छ । परम्परागत रोबोट भन्दा पनि स्मुद र नेचुरल मुभमेन्ट हुने गरी यसको डिजाइन गरिएको एक्सपेङले बताएको छ ।
कम्पनीका अनुसार कम एक्सपेंगको आफ्नै प्रविधिबाट सञ्चालित आयरन सहज रूपमा हिँडडुल गर्न सक्छ र यसले परम्परागत रोबोटहरूजस्तो कठोर गतिविधि देखाउँदैन। यसमा कारहरूमा प्रयोग हुने स्मार्ट आवाज प्रणाली जडान गरिएको छ, जसमार्फत यो मानिसहरूसँग स्वाभाविक रूपमा संवाद गर्न सक्षम छ।

एक्सपेंगका स्वचालित गाडीहरूमा जस्तै, आइरनमा पनि अत्याधुनिक क्यामेरा र सफ्टवेयर जडान गरिएको छ, जसले वातावरण बुझ्न र निर्णय लिन सक्षम बनाउँछ ।
एक्सपेङका इलेक्ट्रिक गाडीमा प्रयोग गरिए जस्तै कोर एआई सिस्टममार्फत एक्सपेङको अटोनोमस ड्राइभिङ टेक्नोलोजीलाई एकीकृत गरिएको छ । यसले गर्दा अटोमोटिभ र रोबोटिक इकोसिस्टमको ग्यापलाई कम गरेको छ ।
हुडको तलतिर रहेको एक्सपेङको ‘टुरिङ एआई चिप’ र ‘तियान्जी एआईओएस’ सफ्टवेयर सिस्टम मार्फत आइरन संचालित हुन्छ । यी दुवैका कारण परसेप्सन, मुभमेन्ट र इन्टर्याक्सनका लागि एड्भान्स्ड इन्टेलिजेन्स उपलब्ध हुन्छ ।
त्यसैगरी रोबोटमा भएको इगल आई भिजन सिस्टम चाहिं एड्भान्स्ड क्यामेराद्वारा चल्छ । यसका कारण वातावरणीय सचेतना र निर्णय क्षमता उपलब्ध हुन्छ । भविष्यमा इन्टेलिजेन्ट मोबिलिटी र स्मार्ट रोबोटिक्स बिच एकीकरण हुने र यसबाट हुने ‘भिजन फर फ्युचर’ का लागि सो आइरन रोबोटले प्रतिनिधित्व गरेको कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
बुटवलमा हुँदैछ पल्सर आरपीएम, युवाका लागि रोमाञ्चक अनुभवको तयारी
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
ट्रेन्डिङ
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

