सिरहामा ब्राउनसुगरसहित एक भारतीय पक्राउ
सिरहा । सिरहामा पाँच ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
सिरहा नगरपालिका -१७ खैरटोकाबाट भारत विहारको मधुबनी जिल्ला कमलाबारी ग्राम पञ्चायत ६ का करिव ३५ वर्षिय धर्मेन्द्र यादवलाई पाँच ग्राम ४८० मिलिग्राम ब्राउन सुगरसहित आईतबार राती प्रहरीले पकाउ गरेको हो।
इलाका प्रहरी कार्यालय माडर र सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म माडरबाट खटीएकोे संयुक्त टोलिले धमेन्द्र आफैले माडरमा सञ्चलन गरेको अजय होटल तथा मदिरा मसलमा लाग पदार्थको कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा पसलमा खान तलासी गर्दा खाली बियरको कार्टुनमा लुकाई राखेको अवस्थामा उक्त लागु पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले जानकारी दिए।
पक्राउ परेका यादवलाई सम्मानित जिल्ला अदालत सिरहाबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
एनपीएलको प्रत्येक चौका र छक्कामा इसेवाले रेड पान्डा संरक्षणका लागि रकम योगदान गर्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
