नगरवासीलाइ निशुल्क विद्युत, मौलापुरले बुझायाे अढाई करोड
रौतहट । रौतहट स्थित मौलापुर नगरपालिकाले नगरवासीको विधुत महशुल बापत अढाई करोड भन्दा बढी रुपैयाँ विद्युत प्राधिकरणलाई बुझाउने भएको छ।
अत्यन्तै लोकप्रिय कार्यक्रम …फ्री बिजुली पानीÚ अन्तर्गत जनताको कृषि तथा घरायसी मिटरको सम्पुर्ण विद्युत महसुल बापतको रकम मौलापुर नगरपालिकाकी मेयर रिना साहले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रलाई निरन्तर बुझाउदै आएकी छिन ।
सोही कार्यक्रम अन्तर्गत मेयर साहले बैशाख महिनाको विद्युत् महशुल बापतको २२ लाख १० हजार बराबरको चेक प्राधिकरणलाई हस्तान्तरण गरेकी हुन्। यस सँगै चालु आर्थिक वर्ष २०८१÷०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत महसुल बापत हालसम्म रु २ करोड ५७ लाख १० हजार रकम विद्युत प्राधिकरणलाई निकासा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
मौलापुरमा पहिलो पटक मेयर पदमा निर्वाचित भएपछी रिना कुमारी साहको निर्देशनमा सञ्चालन गरिएको जनमुखी कार्यक्रम …फ्री बिजुली पानीÚ विगत ८ वर्षदेखि सफल रूपमा निरन्तर चल्दै आएको छ। मेयर साह आमजनता पार्टीका केन्द्रिय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको श्रीमती हुन्। उनी २०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र २०७९ को स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेको टिकटबाट निर्वाचित भएकी हुन् ।
सम्बन्धित समाचार
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
अन्तिम मतदाता नामावली सार्वजनिक, देशभर १ करोड ९० लाखभन्दा बढी मतदाता
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
