नगरवासीलाइ निशुल्क विद्युत, मौलापुरले बुझायाे अढाई करोड
रौतहट । रौतहट स्थित मौलापुर नगरपालिकाले नगरवासीको विधुत महशुल बापत अढाई करोड भन्दा बढी रुपैयाँ विद्युत प्राधिकरणलाई बुझाउने भएको छ।
अत्यन्तै लोकप्रिय कार्यक्रम …फ्री बिजुली पानीÚ अन्तर्गत जनताको कृषि तथा घरायसी मिटरको सम्पुर्ण विद्युत महसुल बापतको रकम मौलापुर नगरपालिकाकी मेयर रिना साहले विद्युत प्राधिकरण मौलापुर वितरण केन्द्रलाई निरन्तर बुझाउदै आएकी छिन ।
सोही कार्यक्रम अन्तर्गत मेयर साहले बैशाख महिनाको विद्युत् महशुल बापतको २२ लाख १० हजार बराबरको चेक प्राधिकरणलाई हस्तान्तरण गरेकी हुन्। यस सँगै चालु आर्थिक वर्ष २०८१÷०८२ मा मौलापुर नगरपालिकाले जनताको विद्युत महसुल बापत हालसम्म रु २ करोड ५७ लाख १० हजार रकम विद्युत प्राधिकरणलाई निकासा गरिसकेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
मौलापुरमा पहिलो पटक मेयर पदमा निर्वाचित भएपछी रिना कुमारी साहको निर्देशनमा सञ्चालन गरिएको जनमुखी कार्यक्रम …फ्री बिजुली पानीÚ विगत ८ वर्षदेखि सफल रूपमा निरन्तर चल्दै आएको छ। मेयर साह आमजनता पार्टीका केन्द्रिय अध्यक्ष पूर्व मन्त्री प्रभु साहको श्रीमती हुन्। उनी २०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र २०७९ को स्थानिय निकायको निर्वाचनमा नेकपा एमालेको टिकटबाट निर्वाचित भएकी हुन् ।
सम्बन्धित समाचार
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
एकै दिन तोलामा ८ हजार ३०० रुपैयाँले घट्यो सुनको भाउ
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
आइसिटी अवार्ड २०२६ का ४ विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनौट, उत्कृस्ट ५ को लागि ग्राण्ड जुरी आयोजना हुने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
