कटहरिया बजारमा सार्बजनिक शौचालय नहुदाँ सयौंलाई समस्या : ऐलानी जग्गामा ब्यक्तिको भोग चलन
रौतहट । रौतहटको चर्चित बजार कटहरियामा सार्वजनिक शौचालयको व्यवस्थापन नहुँदा सैयौं मानिसलाई सास्ती भोग्नु परेको छ। बजारको दक्षिणतर्फ अव्यवस्थित सार्वजनिक शौचालयबाट बजारका ब्यापारी तथा किनमेल गर्न आउने मानिसको जेनतेन काम चले पनि बजारको उतरतर्फ कठिनाई भएको हो।
बजारको उतरतर्फ नेपाल बैंक लिमिटेड, प्रहरी थाना छेउ सुनार चौकमा सार्वजनिक शौचालय नहुँदा स्थानिय ब्यापारीसँगै प्रहरी कार्यालय र बैंकमा आउने सेवाग्राहीलाई ठूलो शास्ती भोग्नु परेको छ। सुनार चौकमा बैंक, प्रहरी थाना, झण्डै एकदर्जन सुनचाँदीपसल संगै अन्य गरी दुई दर्जन पसल सञ्चालनमा रहेको छ । बजार क्षेत्रको अधिकांस पसलहरुमा शौचालय सुबिधा उपलब्ध छैन।
हप्ताको दुईपटक आईतवार बुधवार लाग्ने हाट बजारमा प्रहरी, बैंकसँग सम्बन्धित सेवाग्राहीका साथै सैयौं महिला पुरुष किनमेल गर्न आउने गर्दछन्। सो समयमा दिशा पिसाब लागेमा पुरुष सेवाग्राही अथवा पसलेहरु झण्डै ७०० मीटर टाढा सौच गर्न जानुपर्ने बाध्यता रहेको सुन चाँदी ब्यवसायी निरज ईन्टप्राईजेजका सञ्चालक जयमंगल साहले बताएका छन्।
जारको भीडमा ग्राहककै भरमा पसल छोडेर शौंच गर्न जानुपर्दा पसलको सामान हिनामिना हुने जोखिम रहेको ब्यापारी साहले गुनासो गरेका छन्। त्यसैगरी महिला सेवाग्राहीहरु सौच गर्न कसैको पारिवारिक घरमा अथवा बाँसघारी झ्याङमा जानुपर्ने बाध्यता रहेको अर्का ब्यापारी राधेश्याम साहले बताएका छन्।
सुनार चौकमै बाटो छेउमा रहेको १० लाख रुपैयाँ भन्दा बढी मूल्याङ्कनको करीब दुईधुर एलानी जग्गामा ब्यक्तिले धारा ( ट्युवेल) जडान गरी लामो समय देखि भोगचलन गर्दै आएका छन्। तर, कटहरिया नगरपालिकामा एकजना मेयर सियाराम कुशवाहाको कार्यकाल पूरा भएको तथा बर्तमान मेयर अजय प्रकाश जैसवालको कार्यकालको तेस्रो बर्ष बिति रहँदा बजारको उतरीचौकमा सार्वजनिक शौचालय बनाउनतर्फ ध्यान भएको छैन।
त्यसैगरी, कटहरीया- ५ बजारका वडा अध्यक्ष सर्फलाल गुप्ताको यो दोस्रो कार्यकाल चलिरहेको छ। नेपाली काँग्रेस क्षेत्र- ३ का सभापती समेत रहेका वडा अध्यक्ष गुप्ता बार्षिक वडाको सिलिङसँगै मधेश प्रदेश सरकारबाट करोडौँको योजना ल्याएर बढी नाफा हुने जनसरोकार नभएको स्थानमा काम गर्ने गरेका छन्।
तर, सैयौं मानिसको प्रत्यक्ष समस्या रहेको सार्वजनिक शौचालय निर्माण तथा भएको शौचालय व्यवस्थापन तर्फ वडा अध्यक्ष गुप्ताको कहिलै ध्यान नगएको वडाबासिले गुनासो गरेका छन्। मेयर अजयप्रकाश जैसवालले उक्त स्थानमा सार्वजनिक शौचालय निर्माण गर्न योजना स्वीकृत भईसकेको बताउँदै यसै आर्थिक वर्षभित्र निर्माण हुने प्रतिबद्धता जनाए ।

सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
