“राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर”को भव्य आयोजना हुँदै
काठमाडौं । नेपालमा पहिलो पटक “राष्ट्र सेवा शक्तिसाधना नशामुक्ति शिविर”को भव्य आयोजना हुने भएको छ । देशलाई नशामुक्त बनाउने लक्ष्य लिएको भगवती मानव कल्याण संगठनले नेपालमा निःशुल्क नशामुक्ति शिविर गर्ने भएको हो । संगठनले आगामी जेठ २ र ३ गते काठमाडौ स्थित पशुपति मन्दिर परिसरको पार्किङ ग्राउण्डमा कार्यक्रम तय गरेको छ ।
कार्यक्रममा नशामुक्तिका लागि देश–विदेशबाट २५ हजार भन्दा अधिक व्यक्तिहरुको सहभागिता रहने अपेक्षा रहेको छ । शिविरको आयोजनमा भगवती मानव कल्याण संगठन एवम् पञ्चज्योति शक्तितिर्थ सिद्धाश्रम ट्रस्टका संस्थापक–सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजको सानिध्यमा देश विदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुनेछन ।
माता भगवती आदिशक्ति जगत जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंश योगिराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको गुढ रहस्यबारे शिविरमा अवगत गराउनुका साथै एक ऋषिको सानिध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एमव् कुण्डली शक्तिको माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवम् दुर्लभ अवसर प्राप्त हुनेछ।
दुई दिवसिय कार्यक्रममा पहिलो दिन विहान ७ बजे देखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको बताइएको छ । दिउँसो २ बजेदेखि ५ बजे सम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुनेछ । यस्तै साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुनेछ ।
यस्तै कार्यक्रमको दोश्रो दिन विहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुनेछ । साथै शिविरमा निःशुल्क रुपमा शक्तिजल वितरण गरिनेछ । नशाको लत साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने एवम् ठुलो बिमारीमा सहायक सिद्ध हुने शक्तिजल शिविरमा निशुल्क प्राप्त गर्न सकिने छ ।
भगवती मानव कल्याण संगठन एक जनकल्याणकारी आध्यात्मिक संगठन हो जसले समाजमा नशामुक्त, मांशाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवम् पुरुषार्थी समाज निर्माणका साथ साथ जातिभेद, छुवाछुत जस्ता सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ ।
संगठनले नशामुक्ति अभियान “नशामुक्त नेपाल–समृद्ध नेपाल” अन्तर्गत ५ हजार भन्दा अधिक व्यक्तिहरुलाई नशामुक्त बनाइसकेको छ भने गत श्रावणबाट शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षारोपण अभियान “एक वृक्ष–राष्ट्रको नाममा” आम जनसमुदायको सहयोगमा जारी रहेको छ । यस्तै संगठनले योग, ध्यान,–साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रुपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको जनाएको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


