Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

चन्द्रनिगाहपुरमा थप १४ वटा सोसीटीभी क्यामेरा जडान, पुगे ४६ वटा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, २८
चन्द्रनिगाहपुरमा थप १४ वटा सोसीटीभी क्यामेरा जडान, पुगे ४६ वटा

रौतहट । पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहट जिल्लाको मुख्य व्यापारी केन्द्र चन्द्रनिगाहपुरमा थप १४ वटा सिसी टिभी जडान गरिएको छ।

नगर क्षेत्रहरूमा हुने सवारी दुर्घटना, चोरी, लुटपाटलगायतका विभिन्न घट्नाहरू घटाई अपराधिहरू फरार भई अन्य जिल्लाहरूमा प्रवेश गर्दा चुनौति थपिदै आएको अवस्थामा रोकथाम तथा नियन्त्रण गरी प्रहरी कार्यलाई प्रविधिमैत्री बनाउने उद्येश्यले उक्त सिसी टिभी क्यामरा जडान गरिएको हो।

ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको पहल तथा सहकार्यमा चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा नगरको बिभिन्न स्थानहरूमा ६ थान एनपिआर सिसी टिभी क्यामेरा सहित १४ वटा दिन र रातको समयमा समेत नम्वर प्लेट रिडिङ गर्न सक्ने क्षमताको जडान गरिएको डिएसपी राजकुमार राईले न्युजकारखानालाई बताए ।

यसअघि चन्द्रपुरले बिभिन्न स्थानमा जडान गरिएको ३२ वटा सिसी टिभी क्यामेरावाट बजार क्षेत्रको गतिविधि निगरानी गरिदैँ आएकोमा हाल जडान गरिएको सहित ४६ वटै क्यामेरामार्फत चन्द्रपुर क्षेत्रको सुरक्षासँग सम्वन्धित विभिन्न क्रियाकलापहरूको २४ घण्टा नै निगरानी गर्ने कार्य शुरू भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स