बारामा ४३ लाखको राजश्व छलीको सामान सहित ट्रक बरामद
बारा । जिल्ला प्रहरी कार्यालय, बाराको टोलीले सिमरा–बीरगञ्ज सडकखण्डमा चेकजाँचका क्रममा करिब ४३ लाख ३४ हजार बराबरको राजश्व छलीको आशंकामा सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ।
ईलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी निरीक्षक जङ कार्कीको कमाण्डमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका–७ स्थित प्रहरी चेकप्वाइन्टमा बिहीवार साँझ मधेश प्रदेश ०३–००२ ख १४४० नम्बरको कन्टेनर ट्रकलाई रोकी जाँच गरेको थियो। बीरगञ्जबाट सिमरा तर्फ गइरहेको सो ट्रकमा बिल–बिजकभन्दा बढी मात्रामा माल फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ट्रकमा फाईल, साबेल, पितलका भाँडा, बदामका दाना लगायत विभिन्न किसिमका खुद्रा सामान लोड गरिएको थियो। प्रारम्भिक मुल्याङ्कन अनुसार जफत गरिएको सामानको अनुमानित बजार मूल्य ४३ लाख ३४ हजार ८ सय १० रूपैयाँ रहेको बारा प्रहरी प्रमुख एसपी सन्तोष कुमार तामाङले बताए ।
सामान तथा ट्रक दुवैलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
