रौतहटमा करेन्ट लागेर एकै बर्षमा २७ जनाको मृत्यु
सञ्जय मिश्रा ,रौतहत । रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
प्रहरीका अनुसार गत साउन देखी हिजो हालसम्म जिल्लामा करेन्ट लागेर २७ जनाको ज्यान गएको छ । गत आर्थीक बर्षमा २३ जनाको ज्यान गएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट लागेर ४ जनाले ज्यान गुमाइ सकेका छन्।
घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले विभिन्न सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। जिल्ला कार्यालयद्वारा जारी विज्ञप्तिमा खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीका काम नगर्न, मर्मत कार्यको लागि प्रमाणित प्राविधिकको मात्र सहारा लिन र झुल्ने तार वा असुरक्षित तारको प्रयोग नगर्न आग्रह गरिएको छ।
बालबालिकालाई विशेष ध्यान दिनु पर्ने उल्लेख गर्दै साना बालबालिकाले सजिलै छुन सक्ने स्थानमा विद्युतीय सामग्री नराख्न र घरभित्र तार नझुण्ड्याउने अभ्यास गर्न सुझाव दिइएको छ।
त्यस्तै, खेतमा सिँचाई गर्न सिँचाई मिटर प्रयोग गर्न, रातको समयमा बिजुलीको काम नगर्न र पोलबाट ‘हुकिङ’ प्रणालीमार्फत विद्युत चोरी नगर्न पनि चेतावनी दिइएको छ।
प्रहरीले सामान्य काम गर्दा समेत हल्का हुन सक्ने वा खुला लाग्ने स्थानमा तार वा स्वीच नराख्न अनुरोध गर्दै नागरिकको सुरक्षाका लागि जनचेतना आवश्यक भएको जनाएको छ।
सुरक्षा सम्बन्धी कुनै जानकारी वा समस्या परेमा प्रहरी कन्ट्रोल १०० वा ९८५५०४०९९९ नम्बरमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
सम्बन्धित समाचार
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

