• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, भदौ २८, २०८२
शनिबार, भदौ २८, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

२०८२ साल भदौं २८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

राष्ट्रपति पौडेलद्धारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते तोकियो नयाँ निर्वाचनको मिति

सुशीला कार्की प्रधानमन्त्री बन्ने पक्का

२०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

  • ४. २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

  • ६. २०८२ साल भदौं २७ गते शुक्रवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ७. स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

  • ८. त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

  • ९. माइडियाको दशैँ–तिहार योजना सार्वजनिक

  • १०. प्रचण्ड निवासमा आगजनी

बारामा सुरक्षित आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक सम्पन्न

बारा । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा शुक्रबार काेल्हवी नगरपालिकामा सुरक्षित आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा जान चाहने वा विदेशमा गएर विभिन्न समस्या भोगिरहेका नेपालीलाई सचेत बनाउने र आवश्यक सहयोग पुर्याउने उद्देश्यले एकै दिन दुई फरक स्थानमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष अधिवक्ता निर्मल उप्रेतीले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य कागजात तयार पार्नुपर्ने, श्रम स्वीकृति लिनुपर्ने, मेनपावर वा कन्सल्टेन्सीको अवस्था राम्रोसँग बुझ्नुपर्ने र विदेशमा पुगेपछि कानुनी तथा सुरक्षा पक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीका क्रममा समस्या आएमा तत्काल समाधानका उपायका लागि सरकारी निकाय वा राष्ट्र निर्माण मञ्च नेपालसँग सम्पर्क गर्न आग्रह गरे ।

उप्रेतीले विशेष गरी वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारेर मानिसलाई बेचबिखन गर्ने, जबर्जस्ती श्रममा लगाउने, अपराधिक गतिविधिमा संलग्न गराउने, शरीरका अङ्ग बेच्न लगाउने, महिलालाई वेश्यावृत्तिमा धकेल्ने वा जबर्जस्ती विवाह गर्न लगाउने जस्ता घटनाहरू बढ्दो क्रममा रहेको बताए । यस्तो आपराधिक गतिविधिबाट जोगिन सचेत रहनै पर्नेमा उनले जोड दिए ।

वैदेशिक रोजगारीमा सम्झौता अनुसारको तलब–सुविधा नपाइएमा, दुर्घटना वा मृत्यु भएमा, अङ्गभंग वा अपाङ्गता आएमा पीडित वा परिवारले तत्काल वडाकार्यालय, जिल्ला प्रशासन कार्यालय वा राष्ट्र निर्माण मञ्च नेपाललाई जानकारी गराउनुपर्ने उनले सुझाव दिए । विदेशमा मृत्यु भएमा परिवारलाई मासिक सुविधा तथा बालबालिकाको पढाइ खर्चका लागि छुट्टै व्यवस्था रहेकोबारे पनि जानकारी दिइयो ।

यसै अवसरमा वरिष्ठ अधिवक्ता रामकृष्ण काप्लेले राष्ट्र निर्माण मञ्च नेपाल तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनले न्यायमा पहुँच, मानवअधिकार, आप्रवासन, विपद् व्यवस्थापन, सुशासन, महिला अधिकार जस्ता विषयमा निरन्तर काम गर्दै आएको जानकारी दिए । उनले वैदेशिक रोजगारीका क्रममा मानव बेचबिखनमा परेका व्यक्तिको उद्धार, राहत तथा कानुनी सहयोग गर्दै आएको अनुभव पनि सुनाए ।

त्यस्तै, कार्यक्रमका सहयोगी संस्था अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी पिएसईएच अधिकारी प्रतिभा रिजालले राम्रो स्पर्श र नराम्रो स्पर्शको अवधारणाबारे सहभागीलाई सचेत गराउँदै यौन दुव्र्यवहार महिलामात्र नभई पुरुष तथा बालबालिकालाई पनि हुन सक्ने भएकाले यसको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिईन । कोल्हवी नगरपालिकाको सहकार्यमा कार्यक्रम दुई स्थानमा सम्पन्न भएको थियो ।

कोल्हवीको श्री अनुप दिपनी माध्यमिक विद्यालयमा करिब ८० जना विद्यार्थीहरूको सहभागिता रह्यो भने नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा टोल विकास समितिका करिब ९० जना स्थानीयवासी तथा सहयोगी संस्था अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अभिमान सिंह लामा र करुणा महर्जनको समेत उपस्थिति रहेको थियो ।

राष्ट्र निर्माण मञ्च नेपालले पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या, मानव बेचबिखन, यौन हिंसा तथा श्रमिक शोषणका विरुद्ध निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत बारामा गरिएको सामुदायिक घुम्ती क्लिनिकले स्थानीय तहमा आप्रवासनसँग सम्बन्धित सचेतना जगाउन महत्त्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरूले बताएका छन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    लोकप्रिय

    २०८२ साल भदौं २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल भदौं २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सेवा सुरु गर्न बैङ्क तथा वित्तीय संस्थालाई राष्ट्र बैङ्कको आग्रह

    २०८२ साल भदौं २६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    सुशीला कार्कीप्रति पूर्ण समर्थन छ : बालेन शाह

    ताजा

    जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने

    रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्

    मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम

    आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • जेन–जी आन्दोलनका घाइते भेट्न अस्पताल जाँदै प्रधानमन्त्री कार्की, लगत्तै चौकी निरीक्षणमा निस्किने
    • रौतहटमा परिस्थिति सामान्यतर्फ, तर कर्फ्यू र निषेधाज्ञा यथावत्
    • मेथी, अमला र फूलबाट बनाउनुहोस् यो विशेष तेल, कपाल झर्न गर्छ कम
    • आजदेखि मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्व विधिवत सुरु
    • मंगलबारदेखि ठप्प सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.