• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०७ बैशाख २०८३, सोमबार
०७ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
  • ६ घण्टा 

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
  • ९ घण्टा 

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन
  • १२ घण्टा 

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

२०८३ वैशाख ०८ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १६ घण्टा 

१३ अंकले ओरालो लागेको सेयर बजारमा ४ कम्पनीको शेयर भने १५ प्रतिशतले उक्लियो
  • १ दिन 

कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. TikTok has releases 2025 Community Guidelines Enforcement Report

  • २. आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु

  • ३. २०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

  • ५. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ६. अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा

  • ७. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ८. देशभर मौसम बदली : पहाडमा चट्याङसहित वर्षा, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • ९. डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

  • १०. कर्मचारीले अब प्रत्येक १५ दिनमा तलब पाउने व्यवस्था लागू गर्ने सरकारको तयारी

बारामा सुरक्षित आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक सम्पन्न

जानकारी केन्द्र २०८२, भाद्र, १५

बारा । राष्ट्र निर्माण मञ्च नेपालको आयोजनामा शुक्रबार काेल्हवी नगरपालिकामा सुरक्षित आप्रवासन सम्बन्धी सामुदायिक घुम्ती क्लिनिक कार्यक्रम सम्पन्न भएको छ । वैदेशिक रोजगारीमा जान चाहने वा विदेशमा गएर विभिन्न समस्या भोगिरहेका नेपालीलाई सचेत बनाउने र आवश्यक सहयोग पुर्याउने उद्देश्यले एकै दिन दुई फरक स्थानमा सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा राष्ट्र निर्माण मञ्च नेपालका अध्यक्ष अधिवक्ता निर्मल उप्रेतीले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य कागजात तयार पार्नुपर्ने, श्रम स्वीकृति लिनुपर्ने, मेनपावर वा कन्सल्टेन्सीको अवस्था राम्रोसँग बुझ्नुपर्ने र विदेशमा पुगेपछि कानुनी तथा सुरक्षा पक्षमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीका क्रममा समस्या आएमा तत्काल समाधानका उपायका लागि सरकारी निकाय वा राष्ट्र निर्माण मञ्च नेपालसँग सम्पर्क गर्न आग्रह गरे ।

उप्रेतीले विशेष गरी वैदेशिक रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारेर मानिसलाई बेचबिखन गर्ने, जबर्जस्ती श्रममा लगाउने, अपराधिक गतिविधिमा संलग्न गराउने, शरीरका अङ्ग बेच्न लगाउने, महिलालाई वेश्यावृत्तिमा धकेल्ने वा जबर्जस्ती विवाह गर्न लगाउने जस्ता घटनाहरू बढ्दो क्रममा रहेको बताए । यस्तो आपराधिक गतिविधिबाट जोगिन सचेत रहनै पर्नेमा उनले जोड दिए ।

वैदेशिक रोजगारीमा सम्झौता अनुसारको तलब–सुविधा नपाइएमा, दुर्घटना वा मृत्यु भएमा, अङ्गभंग वा अपाङ्गता आएमा पीडित वा परिवारले तत्काल वडाकार्यालय, जिल्ला प्रशासन कार्यालय वा राष्ट्र निर्माण मञ्च नेपाललाई जानकारी गराउनुपर्ने उनले सुझाव दिए । विदेशमा मृत्यु भएमा परिवारलाई मासिक सुविधा तथा बालबालिकाको पढाइ खर्चका लागि छुट्टै व्यवस्था रहेकोबारे पनि जानकारी दिइयो ।

यसै अवसरमा वरिष्ठ अधिवक्ता रामकृष्ण काप्लेले राष्ट्र निर्माण मञ्च नेपाल तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठनले न्यायमा पहुँच, मानवअधिकार, आप्रवासन, विपद् व्यवस्थापन, सुशासन, महिला अधिकार जस्ता विषयमा निरन्तर काम गर्दै आएको जानकारी दिए । उनले वैदेशिक रोजगारीका क्रममा मानव बेचबिखनमा परेका व्यक्तिको उद्धार, राहत तथा कानुनी सहयोग गर्दै आएको अनुभव पनि सुनाए ।

त्यस्तै, कार्यक्रमका सहयोगी संस्था अन्तर्राष्ट्रिय आप्रवासन संगठनकी पिएसईएच अधिकारी प्रतिभा रिजालले राम्रो स्पर्श र नराम्रो स्पर्शको अवधारणाबारे सहभागीलाई सचेत गराउँदै यौन दुव्र्यवहार महिलामात्र नभई पुरुष तथा बालबालिकालाई पनि हुन सक्ने भएकाले यसको विरुद्धमा आवाज उठाउनुपर्नेमा जोड दिईन । कोल्हवी नगरपालिकाको सहकार्यमा कार्यक्रम दुई स्थानमा सम्पन्न भएको थियो ।

कोल्हवीको श्री अनुप दिपनी माध्यमिक विद्यालयमा करिब ८० जना विद्यार्थीहरूको सहभागिता रह्यो भने नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा टोल विकास समितिका करिब ९० जना स्थानीयवासी तथा सहयोगी संस्था अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अभिमान सिंह लामा र करुणा महर्जनको समेत उपस्थिति रहेको थियो ।

राष्ट्र निर्माण मञ्च नेपालले पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका क्रममा देखिएका समस्या, मानव बेचबिखन, यौन हिंसा तथा श्रमिक शोषणका विरुद्ध निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत बारामा गरिएको सामुदायिक घुम्ती क्लिनिकले स्थानीय तहमा आप्रवासनसँग सम्बन्धित सचेतना जगाउन महत्त्वपूर्ण योगदान पुर्याएको सरोकारवालाहरूले बताएका छन ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट
छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने
कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

ताजा

कारोबार ५ अर्ब ७७ करोड नाघ्दा नेप्सेमा १७.९१ अंकको गिरावट

२०८३ वैशाख ०९ गते बुधबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

छपाइ सकिएका स्मार्ट लाइसेन्स अब सम्बन्धित कार्यालयबाटै वितरण हुने

कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.