मानव बेचबिखन नियन्त्रणमा योगदानबापत एसपी मिश्रा सम्मानित
वीरगंज । मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ।
मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको राष्ट्रिय दिवस (भदौ २०) का अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा एसपी मिश्रलाई उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकारीका रूपमा सम्मान गरिएको हो।
नेपालमा मानव बेचबिखन एक गम्भीर सामाजिक अपराधका रूपमा दीर्घकालीन चुनौती बनेको छ।
विशेष गरी सीमावर्ती जिल्ला पर्सा, बारा र रौतहट उच्च जोखिम क्षेत्र मानिन्छन्। यस्ता क्षेत्रमा प्रहरीको सक्रियता, स्थानीय निकायसँगको समन्वय र सचेतनामूलक अभियानलाई नियन्त्रणका मुख्य उपायका रूपमा लिइन्छ।
करिब सात महिनाअघि पर्सामा पदस्थापित एसपी मिश्रले मानव बेचबिखन विरुद्ध व्यापक अभियान सञ्चालन गरेका छन्।
उनका नेतृत्वमा हालसम्म १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ र सफल अनुसन्धान सम्पन्न भएको मन्त्रालयले जनाएको छ। त्यस्तै करिब ३०० महिला तथा बालबालिकाको उद्दार गरी सुरक्षित रूपमा परिवारमा पुनःस्थापना गरिएको छ।
मानव बेचबिखन नियन्त्रणका लागि प्रहरीले करिब ३५० सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै स्थानीय तह, नागरिक समाज तथा विभिन्न सरोकारवाला निकायसँग सहकार्य गर्दै अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको पर्सा प्रहरीले न्युज कारखानालाई जनाएको छ।
मन्त्रालयका अनुसार एसपी मिश्रलाई प्रदान गरिएको यो सम्मान व्यक्तिगत उपलब्धि मात्र नभई जनमुखी र परिणाममुखी प्रहरी कार्यशैलीको प्रतिबिम्ब हो।
यसले अन्य सुरक्षा निकायलाई समेत प्रेरणा दिने विश्वास लिइएको छ। मानव बेचबिखनविरुद्धको संघर्ष दीर्घकालीन र चुनौतीपूर्ण भए पनि प्रहरीको सक्रियता, सरकारी नीति र नागरिक समाजको सहकार्यद्वारा मात्रै यसलाई न्यूनिकरण गर्न सकिने तथ्य मन्त्रालयले औंल्याएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
