काठमाडौं । मकवानपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । बकैया गाउँपालिका १ रजुवा बस्ने ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
उनले ती बालिकामाथि जबरजस्ती करणी गरेको भन्ने उजुरी दर्ता भएपछि इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।