काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल पुगेर जेन–जी आन्दोलनका घाइते र मृतकका परिवारसँग भेट गरेका छन् । मन्त्री पदको शपथ लिएलगत्तै उनी जेन–जी आन्दोलनका घाइते र मृतकका परिवार भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका हुन् ।
घिसिङले सो क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अब देश नयाँ दिशातिर अघि बढ्ने र नयाँ रुप लिने बताए । घिसिङलाई ऊर्जासहित, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।