सूर्यविनायक–धुलिखेल सडकको अनुगमन गर्दै मन्त्री घिसिङ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल (धुलिखेल–खावा) सडक विस्तार आयोजनाको अनुगमन गरी निर्माण प्रगतिबारे जानकारी लिएका छन् ।
सोमबार (असोज ६) सडक अनुगमन गर्दै उनले चाडपर्वलाई ध्यानमा राखी सडकका खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात आवागमन सहज बनाउन निर्देशन दिए । उनले आयोजनाका बाँकी विषयमा शीघ्र निर्णय, पर्याप्त जनशक्ति र उपकरण परिचालन तथा चालु आर्थिक वर्षभित्र नै सडक विस्तार कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
सूर्यविनायकदेखि धुलिखेलसम्मको १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य भइरहेको छ । सूर्यविनायक–साँगाखण्ड (८.३ किलोमिटर)मा ३९ प्रतिशत र साँगा–धुलिखेलखण्ड (७.५ किलोमिटर)मा ५१ प्रतिशत भौतिक प्रगति भएको छ ।
आयोजनाको समग्र प्रगति ४५ प्रतिशत पुगेको छ । टेवा पर्खाल र नाली निर्माणको ८० प्रतिशत काम सकिएको छ । करिब एक किलोमिटर सडकमा कालोपत्र भइसकेको छ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

