बजेट अभावमा मधेस प्रदेशको ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित
जनकपुरधाम । मधेस प्रदेश सरकारले सात वर्षअघि सुरु गरेको ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ अभियानअन्तर्गतको छोरी शिक्षा बीमा कार्यक्रम चालु आर्थिक वर्षमा बजेट अभावका कारण स्थगित गरिएको छ। शिक्षा विकास निर्देशनालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को बजेटमा कार्यक्रमका लागि कोही रकम विनियोजन नगरिएको हुँदा योजना अघि बढ्न नसकेको हो।
निर्देशनालयकी छोरी शिक्षा बीमा कार्यक्रम संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम रोकिएको जानकारी दिइन्। हालसम्म कार्यक्रमअन्तर्गत १४,४५३ जना छोरीको बीमा गरिएकामा, २०७५/७६ मा ५,६६६ जना २०७८/७९ मा १,७०२ जना २०७९/८० मा ३,३०२ जना २०८०/८१ मा ३,७८३ जना छोरीको बीमा गरिएको निर्देशनालयले जनाएको छ।
तर, अहिलेसम्म १० हजारभन्दा बढी छोरीको बीमा प्रिमियम तिर्न बाँकी रहेको छ। एक जना छोरीको बीमा गर्दा रु ३७,४५७ प्रिमियम लाग्ने व्यवस्था छ। शिक्षा र बालिका सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको छ, जसले दीर्घकालीन प्रभाव पार्न सक्ने विज्ञहरूको धारणा छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
