उपत्यकाबाट बाहिरिने गाडीमा आज पनि रोक, टिकट काटेकालाई पैसा फिर्ता
काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधनहरूमा आज बिहानसम्म पनि रोक लगाइएको छ। उपत्यका भित्रको अवस्था सामान्य भए पनि बाह्य सडक सञ्जाल अझै पूर्णरूपमा सञ्चालनमा नआएको जनाउँदै ट्राफिक प्रहरी र प्रशासनले गाडी सञ्चालनमा रोक लगाएका हुन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले उपत्यकाका सबै नाकाबाट लामो दूरीका सवारीसाधनलाई बाहिर जान नदिइएको जानकारी दिए। “काठमाडौंबाट अति आवश्यक बाहेकका कुनै पनि गाडीलाई आज बिहानसम्म बाहिर जान दिइएको छैन, र काठमाडौं भित्रिएका पनि छैनन्,” सुवेदीले बताए।
उनका अनुसार, गन्तव्य नखुल्ने अवस्था रहेकाले यात्रुहरूलाई टिकट नकटाउन अनुरोध गरिएको छ। “जसले टिकट काटिसकेका थिए, उनीहरूलाई काउन्टरबाट पैसा फिर्ता गरिएको छ,” सुवेदीले जानकारी दिए, “सडक अवस्था सामान्य भएपछिमात्र टिकट बुकिङ सुरु गर्न भनिएको छ।”
यसअघि सरकारले असोज १८, १९ र २० गतेसम्म काठमाडौं उपत्यका आउजाउ गर्ने सवारी साधनमा अस्थायी रोक लगाउने निर्णय गरेको थियो। देशभरको मौसम प्रतिकूल रहेकाले विशेष सावधानी अपनाइएको ट्राफिक प्रहरीको भनाइ छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
