• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शनिबार, कार्तिक ०९, २०८२
शनिबार, कार्तिक ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आज भाइटीका : उत्तम साइत ११ बजेर ३९ मिनेटमा , टिका लगाउँदा को-कता फर्किने ?

२०८२ साल कार्तिक ०६ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ४. २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक ०४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. भद्रपुर आन्तरिक राजस्व कार्यालयले तीन महिनामा ७५ करोड बढी राजस्व सङ्कलन

  • ८. आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

  • ९. तिहारमा कस्तो रहला देशभरको मौसम ?

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले ४५ वर्षमाथिका अनुभवी र परिपक्व नागरिकको ज्ञान, सीप र क्षमतालाई समाज र सहर विकासमा भरपुर उपयोग गर्ने मुख्य उद्देश्यले ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु गरेको छ ।

कामपाले विभिन्न क्षेत्रमा लामो अनुभव हासिल गरेका नागरिकलाई अवकाशपश्चात् पनि समाज र देशको विकासमा योगदान दिने अवसर प्रदान गर्न यो कार्यक्रम ल्याइएको कामपा सहरी योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोलाले जानकारी दिए ।

‘सिल्भर भोलिन्टियर कार्यक्रम’ का सन्दर्भमा योजना आयोगका सचिवालय सदस्य विवेक बास्तोला भन्छन्, ‘तपाईं ४५ वर्ष पूरा हुनुभएको छ ? जागिर वा व्यवसायबाट अवकाश लिनुभएको छ ? अवकाशपछि बिश्रामभन्दा पनि समाजका लागि केही योगदान गर्ने सोच छ भने आउनुहोस् सँगसँगै महानगरको विकासमा हातेमालो गरौँ ।’

कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण, प्रशासन, सहरी विकास, सम्पदा संरक्षणलगायतका क्षेत्रमा कामपासँग मिलेर काम गर्न सकिने जनाइएको छ ।

महानगरले ‘कामपा–सिल्भर–भोलिन्टियर–कार्यविधि’ बमोजिम आवेदन आह्वान गरेको हो । कार्यविधिमा उल्लेख भएअनुसार योग्यता पुगेका नागरिकले अनलाइन लिंकमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

उक्त कार्यक्रमका लागि कामपाले निम्नानुसारको समयसीमा निर्धारण गरेको छ – नेपाली नागरिक/गैर आवासीय नेपाली/प्रचलित कानुनबमोजिम स्वीकृति लिएका विदेशी नागरिक, जसको ४५ वर्ष पूरा भई ७४ वर्ष ननाघेको छ ।

त्यस्तै कुनै क्षेत्रमा सरकारी, निजी वा गैर सरकारी संस्थामा कम्तीमा २० वर्ष काम गरी विषयगत दक्षता हासिल गरेको रहनुपर्ने कामपाको भनाइ रहेको छ । एक वर्ष अवधिका लागि हप्ताको न्यूनतम पाँच घण्टा सेवा दिन तयार हुनुपर्ने, शारीरिक र मानसिक रूपमा काम गर्न सक्षम रहेको हुनुपर्ने, पूर्णरूपमा स्वयंसेवा गर्न इच्छुक रहेको, समितिले तोकेको कामपाभित्रका क्षेत्रमा गई काम गर्न तयार रहनुपर्ने छ ।

त्यसैगरी आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक गर्ने तथा प्रतिफल निकाल्न क्षमता रहनुपर्ने, कुनै पनि फौजदारी अभियोगमा कसुरदार नठहरिएको, प्रचलित कानुनबमोजिम अयोग्य नठहरिएको, समितिले तोकेका अन्य योग्यता पूरा भएको महानगरका अनुसार, यस कार्यक्रमले एकातिर परिपक्व नागरिकको अनुभवलाई देश निर्माणमा उपयोग गर्न सहयोग गर्नेछ भने अर्कातिर अनुभवी नागरिकलाई समाजसेवाको माध्यमबाट सन्तुष्टि र अवसर प्रदान गर्नेछ जनाएको छ ।

इच्छुक व्यक्तिलाई कार्यक्रमका बारेमा जानकारी आवश्यक परे ९८४८०१८२१५ मा सम्पर्क गर्न समेत काठमाडौं महानगरपालिकाले आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
    मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए
    यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    लोकप्रिय

    २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०५ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल कार्तिक ०८ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति

    काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु

    मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०९ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • तीन वटा प्रसारण लाइन निर्माणका लागि सरकारको अनुमति
    • काठमाडौं महानगरपालिकाद्वारा ‘सिल्भर भोलिन्टियर कार्यक्रम’ सुरु
    • मिथिलामा औपचारिक रूपमा छठ सुरु, आज नहाय-खाए
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.