भक्तपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सिन्धुली गोलन्जोर गाउँपालिका-२ घर भएका २१ वर्षीय सन्तोष भुजेललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको बताइएको छ ।
प्रहरीका अनुसार, सन्तोषले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





