दिपक खड्काको खड्काल्यान्डले भाडा चुक्ता नगरेपछि बालेनको डोजर परिचालन
काठमाडौं । काठमाडौं महानगरले पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दिपक खड्काको कम्पनीले प्रयोग गरिरहेको लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका संरचना डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
यस अघि गत विहिबार युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले उक्त जग्गामा बनाइएका संरचनाको बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना दिएको थियो । दिइएको म्यादमा पनि संरचना खाली नगरेपछि आज महानगरले डोजर चलाएको हो । मन्त्रालयले महानगरको सहयोग लिएर उक्त संरचनाहरु भत्काउन थालेको हो । दिपक खड्काको कम्पनी खड्का ल्याण्डले स्काउटको जग्गामा लैनचौर ब्याङ्क्वेट र माई च्वाइस नामक रेस्टुरेन्ट चलाउँदै आएको थियो।
स्काउटको जग्गामा बनेका भवनका ४८ वटा सटर खड्का ल्याण्डले भाडामा लगाएको छ । खानी विभागसँग सिमाना जोडिएको तीन रोपनी रैकर जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिका बीचमा भएको सम्झौता सकिए पनि अदालतमा मुद्दा रहेका कारण खड्का ल्यान्डले सो जग्गा भोगचलन गर्दै आएको थियो । स्काउटले आफ्नो जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने र त्यसबाट पनि भाडा असुल उपर नभए खड्काको जायजेथाबाट लिने चेतावनी दिएको छ ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
