आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरी संगठनमा नेतृत्व सम्हाल्दै पहिलो निर्णयका रूपमा वरिष्ठ प्रहरी नायब निरीक्षक (सई)सम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि गर्ने घोषणा गरेका छन्।
आईजीपीको दर्ज्यानी चिन्ह ग्रहण गरेपछि बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यभार सम्हाल्दै उनले यो निर्णय गरेका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अबी नारायण काफ्लेका अनुसार उक्त निर्णय पोलिसी कोअर्डिनेशन कमिटी (PCC)बाट पारित भइसकेको छ।
उनका अनुसार आकस्मिक अवस्थाका लागि आकस्मिक सहुलियत अल्पकालीन कर्जा उपलब्ध गराइनेछ। यस प्रयोजनका लागि १० करोड रुपैयाँ छुट्याउने तयारी गरिएको छ। शिक्षा, स्वास्थ्य तथा घरायसी समस्यामा परेका प्रहरी कर्मचारीहरूलाई कार्यविधि बनाएर यो कर्जा दिइने बताइएको छ।
हालसम्म प्रहरी कर्मचारीलाई ५ प्रतिशत ब्याजदरमा यस्तो सहुलियत कर्जा दिइँदै आएको छ। यो कर्जा एक वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था छ। आईजीपी कार्कीको यो निर्णयलाई संगठनभित्र कर्मचारीमैत्री कदमका रूपमा लिइएको छ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
