कजारिया टायल्सको ‘लक्की ड्र’ बम्पर विजेता घोषणा, चितवनकी योजीना गुरुङ सिङ्गापुर क्रुज यात्राको भाग्यशाली
काठमाडौं । प्रिमियम टायल ब्रान्ड कजारिया टायल्सले आफ्नो उपभोक्ता योजना “कजारिया संगै गृह प्रवेश, घुमौं देश–विदेश!” को भव्य समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ।
दुई महिनासम्म सञ्चालन भएको यस राष्ट्रव्यापी योजनामा १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रका लागि योग्य भएका थिए। दैनिक क्रममा ४८ विजेताहरूले स्मार्टवाच जिते भने सबैभन्दा आकर्षक बम्पर पुरस्कार—एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रा को घोषणा ठूलो उत्सुकताका बीच लाइभ कार्यक्रममार्फत गरियो।
लाइभ कार्यक्रममा सयौँ दर्शकको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन ऊर्जावान होस्टले गरेकी थिइन् भने कजारिया रमेश टायल्स लि.का निर्देशक तथा मुख्य सञ्चालन अधिकृत र ब्रान्ड एम्बासडर अभिनेत्री दिव्या रायमाझीले उपस्थित भएर कार्यक्रमलाई अझ आकर्षक बनाएका थिए।

कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लि.का निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै भने,“कजारिया टायल्सप्रति तपाईंहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौं। यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ। हामी हाम्रो सम्मानित ग्राहकहरूसँग यो खुसीको क्षण बाँड्न पाउँदा अत्यन्त खुशी छौं।”
त्यस्तै, ब्रान्ड एम्बासडर दिव्या रायमाझीले पनि आफ्नो उत्साह व्यक्त गर्दै भनिन्,“यति प्रतिष्ठित र प्रिमियम ब्रान्डको ब्रान्ड एम्बासडरको रूपमा कजारिया परिवारको हिस्सा हुन पाउँदा मलाई गर्वको अनुभूति भएको छ। म हाम्रा भाग्यशाली विजेताको लागि पनि निकै उत्साहित छु, जसले अब कजारियासँग एउटा अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन्।”
सबैभन्दा प्रतीक्षित क्षणमा चितवनकी योजीना गुरुङ लाई बम्पर विजेता घोषणा गरियो। उनले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टायल्स खरिद गरेकी थिइन्। यस घोषणाले कजारिया ग्राहक तथा साझेदारहरूमा उत्साह र हर्षोल्लास थपिएको कम्पनीले जनाएको छ।
कजारिया टायल्सले विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै सबै सहभागी ग्राहकहरूलाई पनि मनदेखि धन्यवाद व्यक्त गरेको छ। ब्रान्डले आफ्नो प्रतिवद्धता दोहो¥याउँदै भन्यो, कजारिया टायल्स सधैं उत्कृष्ट गुणस्तर, नवीन डिजाइन र ग्राहकहरूका लागि सन्तोषजनक अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको बताइएको छ ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
