नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन,कतिवटा भए दल दर्ता ?
काठमाडौं । फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने र प्रमाणपत्र प्राप्त गर्ने आज अन्तिम दिन हो। निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि कार्तिक मसान्तसम्म समय दिएको थियो, जसको अवधि आज समाप्त हुँदैछ।
आयोगका अनुसार शनिबार साँझसम्म १२७ राजनीतिक दल आधिकारिक रूपमा दर्ता भइसकेका छन्। अतिरिक्त २० दल भने दर्ता प्रक्रियामा छन्।
भदौ २३ र २४ मा भएका जेनजी आन्दोलनपछि आयोगमा परेको नयाँ दल दर्ताका निवेदनमध्ये हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी, पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी, र वीरेन्द्र बस्नेत नेतृत्वको गतिशील लोकतान्त्रिक पार्टीलाई आयोगले हालै मान्यता दिएको छ। यसअघि नै १२४ दल आयोगबाट मान्यता प्राप्त गरिसकेका थिए।
आयोगले राजनीतिक दल दर्तालाई नियमित प्रक्रिया भएको बताउँदै, मान्यता प्राप्त दललाई आगामी फागुन २१ को निर्वाचनका लागि मंसिर १ देखि १० गतेभित्र भाग लिन चाहेको निवेदन दिन सार्वजनिक सूचना जारी गरिसकेको छ। मंसिर १० पछि नै फागुन २१ को निर्वाचनमा कति दल सहभागी हुनेछन् भन्ने स्पष्ट हुनेछ।
यसैबीच, फागुन २१ को निर्वाचन प्रयोजनका लागि २ लाख ८१ हजार नयाँ मतदाता थपिएका छन्। २०६४ फागुन २० गतेसम्म जन्मिएका नेपाली नागरिकले यसपटक मतदान गर्ने अधिकार प्राप्त गर्ने आयोगले जनाएको छ।
मतदाताको सुविधा सहज बनाउँदै आयोगले राष्ट्रिय परिचयपत्र बनाइसकेकाहरूलाई बायोमेट्रिक नदिनैपर्ने व्यवस्था गरेको छ। साथै, मतदाता नामावली दर्ता अनलाइनमार्फतै गर्न मिल्ने सुविधा पनि प्रदान गरिएको छ, जसले कार्यालयमा लाइन बस्नुपर्ने झन्झट घटाएको आयोगको भनाइ छ।
मतदाता नामावली दर्ताको समय कार्तिक मसान्तसम्म तोकिएको भए पनि अत्यधिक चापका कारण आयोगले पाँच दिन थपेर मंसिर ५ गतेसम्म दर्ता खुला राखेको छ।
सम्बन्धित समाचार
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
