काठमाडौं । नेपाली बजारमा आजसुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले बढेर दुई लाख ४३ हजार तीन सय रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर तीन हजार एक सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी प्रतितोला तीन हजार एक सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।





