Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नयाँ मतदाता ८ लाख ३७ हजार ९४ थपिए

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, मंसिर, ७
नयाँ मतदाता ८ लाख ३७ हजार ९४ थपिए

काठमाडौं । जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएपछि देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएका छन्।

निर्वाचन आयोगका अनुसार असोज ९ देखि मंसिर ५ गतेसम्म खुला गरिएको मतदाता नामावली संकलनमा झन्डै साढे आठ लाख नागरिकले नाम दर्ता गराएका हुन्। नयाँ दर्तामा पुरुष मतदाता ४ लाख ७३ हजार ३४५, महिला मतदाता ३ लाख ६३ हजार ७७८ र अन्य ६१ रहेका छन्।

आयोगका अनुसार नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ तथा राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणमार्फत ४ लाख ९२ हजार १८० मतदाता थपिएका हुन्।

यसअघि कात्तिक १६ सम्म देशभर कुल मतदाता संख्या १ करोड ८१ लाख ६८ हजार २३० रहेको आयोगले जनाएको थियो।

Top Changing Nepal

युट्युब सट्स