विद्यालय कर्मचारी र बाल शिक्षकलाई न्यूनतम तलब दिन स्थानीय तहलाई शिक्षामन्त्री पुनको आग्रह
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयका बाल शिक्षक र कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब अनिवार्य रूपमा उपलब्ध गराउन स्थानीय तहलाई आग्रह गरेका छन्। मन्त्रालयबाट पठाइएको रकमका बाबजुद कतिपय स्थानीय तहले न्यूनतम तलब नदिएको सूचनासँगै मन्त्री पुनले स्पष्ट निर्देशना दिएका हुन्।
उनका अनुसार शिक्षा मन्त्रालयले संघीय अनुदानमार्फत बाल कक्षा शिक्षकका लागि रु. १२,०००, विद्यालय सहयोगीसाठी रु. १०,०००, विद्यालय सहायक कर्मचारीका लागि रु. १५,००० पठाइसकेको छ।
मन्त्री पुनले भने, “बाँकी नपुग रकम स्थानीय सरकारले थपेर नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नघट्ने गरी तलब दिनुपर्ने हो।” मन्त्रालयले प्राप्त तथ्यांक अनुसार झण्डै ७०० स्थानीय तहले न्यूनतम पारिश्रमिक हालेको छ। तर केही स्थानीय तहले अझै तोकिएको दरमा तलब नदिएको बताउँदै मन्त्री पुनले यो विषय स्थानीय सरकारहरूको जिम्मेवारी भएको स्पष्ट पारे।
बाल शिक्षक तथा विद्यालय कर्मचारीप्रति अन्याय नगर्न आग्रह गर्दै मन्त्री पुनले स्थानीय तहलाई यस विषयमा तत्काल कदम चाल्न अनुरोध गरेका छन्।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
