हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड, कानुनअनुसार मुआब्जा उपलब्ध गराउन माग
काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ। हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको उल्लेख छ। विसं २०१२–१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासंघले विशेष जोड दिएको छ।
यातायात चाप बढ्दै जाँदा दुर्घटना जोखिम समेत बढेको परिस्थितिमा विस्तार कार्यलाई छिटो, प्रभावकारी र योजनाबद्ध रूपमा अघि बढाउनु आजको आवश्यकता भएको महासंघको भनाइ छ।
यसैबिच, मंसिर ५ गते गोरखापत्रमा प्रकाशित सडक डिभिजन कार्यालयको सूचनामा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना हटाइने जानकारी दिइएको थियो, जसले स्थानीयवासी र व्यवसायीमा चासो उत्पन्न भएको बताइएको छ।
महासंघका अनुसार, विस्तार छिटो गर्नुपर्ने धारणा राख्दै आएको महासंघले प्रभावित सम्पत्तिधनीको अधिकार संरक्षण पनि राज्यले गर्नैपर्ने भन्दै कानुनअनुसार उचित मुआब्जा, क्षतिपूर्ति र पुनर्स्थापनाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।
महासंघले सडक विस्तार अब ढिलो नगरोस्, तर प्रभावितको हकहितलाई सम्मान गर्दै अघि बढोस् भन्ने सन्देशसहित दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएको बताइएको छ।

सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
