नबिल बैंकले घोषणा गर्यो लाभांश
जानकारी केन्द्र
२०८२, मंसिर, २२
काठमाडौं । नबिल बैंकले आफ्ना सेयरधनीका लागि १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट उक्त दरमा नगद लाभांश दिने निर्णय गरेको हो।
सञ्चालक समितिको निर्णय आगामी साधारणसभामा प्रस्तुत गरिनेछ। साधारणसभाले स्वीकृति दिएपछि मात्र लाभांश वितरण प्रक्रिया सुरु हुने बैंकले जनाएको छ। सेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले नगद लाभांश पाउनेछन्। यसपटक बैंकले बोनस सेयर भने नदिने भएको छ।
गत आर्थिक वर्षमा नबिल बैंकले १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। हाल बैंकको सेयर मूल्य करिब ५०२ रुपैयाँ प्रतिकित्ता आसपासमा कारोबार भइरहेको छ।
सम्बन्धित समाचार
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघ्यो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

