• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १२ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १२ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १ दिन 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १ दिन 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

बिहीबारदेखि तीन दिने आइसिटी मेला आयोजना गर्दै भिरिञ्ची कलेज, विद्यार्थीका नवप्रवर्तन र नवीन प्रविधि प्रदर्शनी हुने

जानकारी केन्द्र २०८२, मंसिर, २२

काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित भिरिञ्ची कलेजले यही मंसिर २५ देखि २७ गतेसम्म आइसिटी मेला ६.० आयोजना गर्ने भएको बताइएको छ । तीन दिनसम्म चल्ने यस कार्यक्रमको छैटौं संस्करणमा नवप्रवर्तन, डिजाइन, रोबोटिक्स, सफ्टवेयर, ई–स्पोर्ट्स तथा इन्टरएक्टिभ प्रविधिसम्बन्धी प्रदर्शनी गरिने कलेजले जनाएको छ।

एक्सपोमा ब्याचलर तहमा अध्ययनरत विद्यार्थीहरूले विकास गरेका आईओटी, रोबोटिक्स तथा सफ्टवेयर प्रोजेक्ट लगायतका नवप्रवर्तनात्मक परियोजना प्रस्तुत गरिनेछ। साथै विद्यार्थीहरूलाई आईटी परियोजनाको अवलोकन गराउन विभिन्न विद्यालय तथा कलेजबाट समेत सहभागीता रहने बताइएको छ।

कार्यक्रमलाई मनोरञ्जनात्मक र आकर्षक बनाउन युआईरयुएक्स डिजाइन, रोबो र्‍याम्प रेस, रोबो सकर, कन्टेन्ट क्रियसन बोनान्जा, स्क्विड गेम र ई–स्पोर्ट्स टुर्नामेन्ट जस्ता प्रतियोगिता आयोजना गरिनेछ ।

त्यस्तै एआर क्याम्पस हन्ट, गूगलर च्यालेन्ज, इन्टर्‍याक्टिभ आइसिटी जोन, पीयर एण्ड आइसिटी मेन्टर इन्टर्‍याक्सन बुथ तथा फ्युचर रेडी एण्ड करियर काउन्सिलिङ कर्नर जस्ता इन्टरएक्टिभ जोनहरू मुख्य आकर्षण रहनेछन्।

आइसिटी मेलाले विद्यार्थीहरूलाई कक्षाभन्दा बाहिर आएर प्रत्यक्ष अनुभव, सहकार्य र डिजिटल प्रविधिसम्बन्धी बुझाइ अभिवृद्धि गर्न सक्ने अवसर प्रदान गर्ने भिरिञ्ची कलेजले जनाएको छ। कलेजका अनुसार, यसले विद्यार्थीलाई डिजिटल प्रविधि अध्ययनसँगै करियर अवसरका संभावनासँग पनि जोड्नेछ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने तीन दिने प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिने छ । यस्तै, विभिन्न विद्यालय तथा कलेजले समूहगत रूपमा आइसिटी मेलाको समेत अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

भिरिञ्ची कलेजले विद्यार्थीकै परियोजना र क्षमता प्रदर्शनमा जोड दिँदै विगत पाँच वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको बताएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.