सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
सर्लाही । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रका विभिन्न स्थानमा गरिएको अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको छ ।
लालबन्दी नगरपालिका १४ अन्तर्गत प्रताटोल र हात्तिसुढेमा करिब १५ बिघा ९ कट्ठा तथा मत्स्य दोभान शिरसहित चुरे क्षेत्रका अन्य स्थानमा फैलिएको गरी कुल करिब ३५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतबार बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा ठूलो संख्यामा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले १ लाख ८० हजारभन्दा बढी गाँजाका बोट फडानी गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डीएसपी सरोज राईका अनुसार लागूऔषध नियन्त्रण अभियान अन्तर्गत अवैध खेती र उत्पादन नियन्त्रणका लागि सुरक्षाकर्मीहरू निरन्तर सक्रिय छन् ।
उनले चुरे क्षेत्रमा पटक–पटक अवैध गाँजा खेती फेला परिरहेकाले हालसम्म ७० बिघाभन्दा बढी क्षेत्रफलको गाँजा खेती नष्ट गरिसकिएको जानकारी दिए ।
डीएसपी राईले अवैध लागूऔषध उत्पादन तथा तस्करी नियन्त्रणका लागि यस्तो अभियान निरन्तर जारी रहने स्पष्ट पार्दै, घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान पनि अघि बढाइएको बताए ।
सम्बन्धित समाचार
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
