Jankari Kendra
२८ आश्विन २०८३, बुधबार

जापान जाने नेपाली श्रमिकलाई ठगी र उच्च शुल्कबारे सचेत रहन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, माघ, १३
जापान जाने नेपाली श्रमिकलाई ठगी र उच्च शुल्कबारे सचेत रहन आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले जापान जाने नेपाली श्रमिकलाई ठगी, उच्च शुल्क र गलत भिसा प्रक्रिया जस्ता जोखिमबारे सचेत रहन निर्देशन दिएको छ। विभागका अनुसार वैदेशिक रोजगारी व्यवसाय सञ्चालन गर्ने अनुमति नभएका कन्सल्टेन्सी वा व्यक्तिहरूले भिसा र रोजगारीको झुठो आश्वासन दिई चर्को शुल्क असुली गर्ने घटना बढेको छ।

श्रमिकहरूले भिसा, करार सम्झौता र रोजगारदाता कम्पनीरसंस्थाको आधिकारिक जानकारी प्राप्त गरेर मात्र आवेदन दिनुपर्ने विभागले जनाएको छ। कुनै अवैध शुल्क असुल वा झुठो रोजगारी आश्वासन पाए उजुरी गर्न पनि आग्रह गरिएको छ।

Transport Driver Candidate Visa जस्ता भिसामा भने जापानमा ड्राइभिङ परीक्षा पास गरेपछि मात्रै रोजगार खोज्न पाउने भएकाले उक्त भिसाबाट श्रम स्वीकृति जारी नहुने जानकारी पनि विभागले दिएको छ।

Top Changing Nepal

युट्युब सट्स